bty

 

चरिकोट । समाजमा युवाहरूलाई  लागू औषधबाट सजग गराउन सदरमुकाम चरिकोटमा लागू औषध विरुद्ध एक दिने अन्तर्क्रिया कार्यक्रम गरिएको छ।
प्रहरी समुदाय साझेदारी कार्यक्रम तथा लागू औषध विरुद्ध अन्तर्राष्ट्रिय दिवसको साताव्यापी कार्यक्रमको सुरुवात गर्दै दोलखा जिल्लामा लागू औषध दुव्र्यसन तथा ओसारपसारको विषयमा अन्तर्क्रिया गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय दोलखाको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले लागू औषध उत्पादन, ओसारपसार, भण्डारण, बिक्री तथा दुर्व्यसन नियन्त्रणका लागि सबै पक्षको सहयोगको आवश्यकता औँल्याएका छन् । उनले नेपालमा हाल लागू औषध दुरुपयोगको आँकडा प्रस्तुत गर्दै १५ देखि २४ वर्ष उमेर समूहका युवाहरु लागू औषध दुर्व्यसनमा लागेको तथ्यांकले देखाएकोेले विद्यालय तथा क्याम्पस तहमा यस्ता कार्यक्रमहरु केन्द्रित गर्नुपर्ने विचार व्यक्त गरे ।
अन्तरक्रिया कार्यक्रममा भीमेश्वर नगरपालिका ३ का अध्यक्ष हरिशरण शिवाकोटी, दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ, च्छोरोल्पा जनरल अस्पतालका उमेश कार्कीले कार्यक्रमलाई दिवसको रुपमा मनाउनु भन्दा पनि समुदाय तथा विद्यालय तहमा निरन्तर रुपमा लैजानुपर्ने बताए।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले राज्यले निर्धारण गरेको साताव्यापी कार्यक्रमा लागू औषध विरुद्ध विभिन्न कार्यक्रमहरु गरिने र वर्षैभरि पनि लागू औषध उत्पादन, ओसारपसार, बिक्री तथा दुर्व्यसन विरुद्ध क्रियाकलापहरु गर्ने प्रतिवद्धता व्यक्त गरे ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here