चरिकोट । दोलखाको तामाकोसी गाउँपालिकामा भएको अन्तर पालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि तामाकोसी गाउँपालिकाले हात पारेको छ।
बिहीबार (आज) भएको फाइनल खेलमा कालिञ्चोक ‘बि’ लाई ३-१ को सेटमा हराउँदै तामाकोसीले उपाधि जितेको हो।
विजेता टिमलाई तामाकोसी गाउँपालिकाका प्रमुख इश्वर चन्द्र  पोखरेलले नगद एक लाख सहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।
त्यसैगरी उपविजेता टिम कालिञ्चोक गाउँपालिका ‘बि’ लाई नगद ७५ हजार सहित सिल्ड मेडल प्रमाणपत्र  प्रदान गरिएको छ भने तृतीय हुने टिम भीमेश्वर नगरपालिकालाई नगद ५० हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिता गाउँपालिकाको आयोजनामा वडा नम्बर -५ किर्नेमा ३ गतेदेखि सरु भएको थियो। प्रतियोगितामा जिल्लाका भीमेश्वर, तामाकोसी, कालिञ्चोक, वैत्यश्वर, गौरीशंकर, मेलुङ र शैलुङका आठ टिमले सहभागीता जनाएको थियो।
खेलमा सानतोना हुने टिम कालिञ्चोक ‘ए’ लाई नगद १५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ।
प्रतियोगितामा कालिञ्चोक ‘बि’ बिजयराज बस्ते उत्कृष्ट खेलाडी भएका छन् भने बेस्ट लिफ्टरमा कालिञ्चोककै हरिबंस बुढाथोकी भएका छन्।तामाकोसीका हरिभक्त खड्का बेस्ट स्टाइकर, नारायण चौलागाईं बेस्ट डिफेन्डर र सुरेश खड्काले बेस्ट ब्लकर पाएका छन्।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here