चरिकोट । दोलखाको तामाकोसी गाउँपालिकाको हाँवामा अवस्थित दुम्सिझाङ आधारभूत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ ।
यसअघिको भुइँतले भवन २०७२ सालको भुकम्पले भत्काएपछि जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले पुनर्निर्माण सुरु गरेका थिए ।
करिव ८६ लाख ३२ लाखको लागतमा ६ कोठाको दुई तले भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक आङफुरी शेर्पाले जानकारी दिनुभयो ।
एक वर्षको समयमा निर्माण सम्पन्न विद्यालय भवनको बुधबार प्रतिनिधि सभा सांसद पार्वत गुरुङले रिवन काटेर उद्घाटन गर्नुका साथै प्रधानाध्यापक शेर्पालाई साँचो हस्तान्तरण गर्नुभयो । सांसद गुरुङले पक्की बिद्यालय निर्माणसंगै अव भवन अभावकै कारण बालबालिकाहरुको पठनपाठनमा समस्या नहुने बताउनुभयो । ‘अब पक्कि भवनमा दिइने शिक्षा पनि पक्की हुनुपर्छ।’ उहाँले भन्नुभयो, ‘अभिभावक र शिक्षकको सहकार्य र सहयोगबाटनै बालबालिकाहरुले राम्रो शिक्षा आर्जन गर्न सक्ने र भोलिका कर्णधार बन्न सक्नेछ।’ अब यो वा त्यो बहानामा बालबालिकाको भविष्यमा खेलबाड गर्न नमिल्ने बताउदै सांसद गुरुङले शिक्षकलाई इमानदारीपूर्वक बालबालिकाको पढाइको गुणस्तर बढाउन तर्फ लाग्नुपर्ने बताउनुभयो ।
बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष दिल बहादुर कार्कीको सभापतित्वमा भएको उद्घाटन तथा भवन हस्तान्तरण कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)का इकाई प्रमुख देव कुमार बराल, वडा नम्बर -७ का वडा अध्यक्ष लेख बहादुर सुनुवार लगाएत अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति थियोे ।
समुन्द्री सतहबाट २२ सय मिटर उचाईको रमणीय डाँडाको १३ रोपनी जग्गामा अवस्थित दुम्सिझाङ आधारभूत विद्यालयमा अहिले एक सय सात जना बिद्यार्थी अध्ययनरत छन् ।
बाल कक्षा देखि आठ कक्षासम्म पढाइ हुने यस आधारभूत विद्यालयको उत्तरमा जिरी नगरपालिका -९ ठुलोपातल, दक्षिणमा तामाकोसी -६ च्यामा, पश्चिममा बैत्यश्वर -१ र पुर्वमा रामेछाप खिम्ती पर्छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here