चरिकोट । दोलखामा सशस्त्र प्रहरी बलको गुल्म स्थापना भएयता सशस्त्र प्रहरी बलले सकृयता पनि बढाएको छ ।
नेपाल–चिन सिमा सूरक्ष, माथिल्लो तामाकोशी आयोजना सुरक्षा र समग्र दोलखालीहरुको सुरक्षामा समेत जुटेका सशस्त्रले संरक्षित बन्यजन्तु चोरीपैठारी नियन्त्रणका कामपनि तिब्र गतिमा गर्न थालेका छन् ।
गत वर्ष सदरमुकाम चरिकोटमा स्थापना गरिएको सशस्त्र प्रहरी नेपाल नं. १८ गुल्म दोलखाले बन्यजन्तु सुरक्षामा समेत विशेष चासोका साथ आफ्नो सकृयता बढाएसंगै संरक्षित बन्यजन्तुको छाला र खपडा चोरीपैठारी गर्नेहरू धमाधम पक्राउ पर्न थालेका छन् ।
दुई साता अघि मात्रै चितुवाको छाला बरामद गरेका सशस्त्रले यसपटक तीन जना मान्छे सहित चितुवाको छाला पुनः समातेका छन् । गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने जिल्लाको विगु गाउँपालिका ४ लादुक क्षेत्रमा चितुवाको छाला विक्री गर्न खोजिरहेको अवस्थामा सशस्त्र प्रहरीले छाला सहि तीन जनालाई पक्राउ गरिएको गुल्मपती सशस्त्र प्रहरी नायव उपरीक्षक किरण कुमार कठाएतले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमा भीमेश्वर नगरपालिकाका मिलन गोले र जगदिश खड्का साथै विगु गाउँपालिकाका भीमबहादुर तामाङ रहेका छन् । चरिकोट स्थित गुल्मका सशस्त्र प्रहरी निरीक्षक सुमन कुमार विकको नेतृत्वमा खटिएको ११ जनाको टोलीले सोमबार बिहान चितुवाको छालासहित उनिहरुलाई पक्राउ गरेका थिए ।
पक्राउ परेका छाला र अभियुक्तहरुलाई सोमबार नै राष्ट्रिय निकुञ्ज तथा बन्य जन्तु बिभाग अन्तर्गत चरिकोट कार्यालयमा मुद्धा हेर्ने अधिकारी समक्ष पेस गरिएको सशस्त्र प्रहरी नायव उपरिक्षक कठाएतले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीले यसअघि पनि राष्ट्रिय चरा डाँफे, प्रतिबन्धित सालकको खपटा बरामद गरि बन कार्यलयमा बुझाएका थिए ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here