चरिकोट, दोलखा ११ गते । दोलखा सदरमुकाम चरिकोटमा भएको जिल्ला स्तरीय पुरुष डबल व्याडमिन्टन प्रतियोगिताको उपाधि दिनेश थापा मगर र शान्त जिरेलको टिमले हात पार्न सफल भएका छन् ।
व्याडमिन्टन संघ दोलखाको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको फाईनल खेलमा थापा र जिरेलको टिमले राजेश श्रेष्ठ र रोशन श्रेष्ठको टिमलाई (२१–१२ /२१–७) को सोझो सेटमा हराउँदै उपाधि हात पारेका हुन् ।
उपाधि जित्न सफल शान्त र दिनेशलाई कार्यक्रमका प्रमुख अतिथि जिसस प्रमुख डबल पाण्डेले ट्रफि, मेडल, प्रमाणपत्र र नगद २० हजार प्रदान गर्नुभयो । हारसँगै द्वितीय हुने राजेश श्रेष्ठ र रोशन श्रेष्को टिमलाई ट्रफि, मेडल प्रमाणपत्र र नगद १० हजार प्रदान गरिएको व्याडमिन्टन संघ दोलखाको अध्यक्ष बलराम थापाले जानकारी दिनुभयो ।
त्यसैगरी सेमिफाईनलमा पुगेका दुई टिम सन्तोष श्रेष्ठ–सुमन श्रेष्ठ र नुराज श्रेष्ठ–सुजन सिटौलालाई पनि ट्रफि, मेडल, प्रमाणपत्र र नगद पाँच/पाँच हाजर प्रदान गिरएको आयोजकले जानाएको छ ।
पुरस्कार वितरण कार्यक्रमा सहभागी जिसस प्रमुख पाण्डेले खेलकुद क्षेत्रको विकास विना समृद्धि असम्भव रहेको बताउनुभयो । खेलकुदले शारीरिक रुपमा मात्रै स्वस्थ बनाउने नभई एकअर्काको भावना र सम्बन्ध पनि स्वस्थ बनाउने दावी गर्नुभयो । उहाँले अवको एक वर्षभित्र चरिकोटमा सुविधासम्पन्न कभर्ट हल बन्ने र त्यसकोलगि आफ्नो तर्फबाट समेत पहल हुने बताउनुभयो । शुक्रवारबाट सुरु भएको प्रतियोगितामा चरिकोट, सिंगटी, गोंगर र जिरीबाट १९ टिम सहभागी भएका थिए ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here