दोलखा । सामुदायिक विद्यालयका विद्यार्थी शिक्षकहरूलाई स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले दोलखामा पहिलोपटक सुरु गरिएको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी देखिएको छ।
जिल्लाको वैत्यश्वर गाउँपालिका वडा नम्बर-४ ज्यामिरे स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालयमा उक्त कार्यक्रम सुरु भएसंगै लोकप्रिय बन्दै गएको हो।
विद्यालयमा नर्स राखेपछि स्वास्थ्यसम्बन्धी धेरै कुरा जान्ने मौका पाएको कक्षा ९ मा अध्ययनरत सुप्रियंका बुढाथोकीले बताउँनुभयो। उहाँले विद्यालयमा नर्स आएपछि हात धुने तरिकाहरु, जङ्फुड खाँदा स्वास्थ्यलाई हुने बेफाइदा र महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराको बारेमा थाहा पाएको बताउनुभयो।विद्यालयको हेल्थ टिममा समेत रहेकी सुप्रियंकाले विद्यालयका अन्य साथीलाई स्वास्थ्य तथा शारीरिक शिक्षा बारेमा जानकारी गराउँदै आउनुभएको छ।
विद्यालयमा दैनिक २५ देखि ३० जना विद्यार्थीको सामान्य उपचार गर्ने गरेको नर्स भगवती श्रेष्ठले जानकारी दिनुभयो।
उहाँले विद्यार्थीहरुले नर्सले भनेका कुरा राम्रोसँग सुन्ने र कार्यान्वयन गर्ने तर्फ लाग्ने गरेको बताउनुभयो ।
‘फुर्सदको समयमा विद्यार्थीहरु नर्ससंग परामर्श लिन आउछन्।’ उहाँले भन्नुभयो, ‘बिद्यालयमा स्थापित स्वस्थ परिक्षण कक्षमा स्वस्थ्य परिक्षण, परामर्श, महिनावारी प्याड राख्ने तरिका र वितरणका साथै घाउचोटमा मलम पट्टी लगएर प्राथमिक प्रकारका सबै उपचार गर्ने गरेका छौँ।’
प्रदेश ३ सरकारको सामाजिक विकास मन्त्रालयले पाइलट प्रोजेक्टको रूपमा पहिलोपटक १३ वटा जिल्ला को २० विद्यालयमा कार्यक्रम सुर गर्दा दोलखाबाट हनुमन्तेश्वर माविलाई उक्त कार्यक्रम सञ्चालन गर्ने अवसर मिलेको थियो।
हनुमन्तेश्वर माविका प्रधानाध्यापक गोपालध्वज श्रेष्ठले बिद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन भएपछि विद्यार्थीहरुको खानपिन र सरसफाइमा सुधार आएको बताउनुभयो । विद्यालय परिवारले सहज ढंगले स्कुलमा नै स्वास्थ्य उपचार पाएको उल्लेख गर्दै उहाँले एक नर्स कार्यक्रम अत्यन्त प्रभावकारी भएको बताउनुभयो। कार्यक्रम मंसिर देखि सञ्चालनमा आएको हो । ६ महिनाको अन्तरमा यस विद्यालयलाई स्वास्थ्य क्षेत्रबाट हेर्ने हो भने धेरै कुरामा परिवर्तन आएको देख्न सकिन्छ । विद्यालयको ठाउँ ठाउँमा स्वास्थ्यसम्बन्धी धेरै जानकारीमूलक कुरा लेखिएर टाँसिएको छ ।
‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू भएपछि बाहिरको प्याकेटका खान ९० प्रतिशत नियन्त्रण भएको नर्स भगवती बताउनुहुन्छ। उहाँका अनुसार कक्षा ६ देखि १२ सम्ममा ५/५ जना विद्यार्थीको हेल्थ समूह पनि गठन गरिएको छ ।
यो हेल्थ समूहले कोहिकसैले जङफुड ल्याएको वा खाएको खबर पाए कक्षामा पुगेर जङफुड नखान आग्रह गर्ने गर्छन् । सथै समयसमयमा स्वास्थ्य तथा सरसफाइका बारेमा जानकारी गराउने गरेको नर्स भगवतीले बताउनुभयो । विद्यालयको स्वस्थ्य परिक्षण कक्षामा करिव ४० थरीका अौषधी राखिएको छ । सदरमुकाम चरिकोट स्थित जिल्ला स्वास्थ्यसंग समन्वय गरेर अौषधी ल्याउने गरेको नर्स भगवतीले बताउनुभयो।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here