चरिकोट । दोलखामा निर्माणधीन ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजनाको साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।
युनिभर्सल पावर कम्पनीले निष्कासन गरेर बाँडफाँड गरेको उक्त आयोजनाको सेयर मंगलबारबाट सूचीकृत भएको हो ।
सूचीकृत भएको कम्पनीको २ करोड १० लाख ३ हजार ५ सय कित्ता सेयरको कारोबार बिहिवारबाट सुरु हुने नेप्सेले जनाएको छ ।
सूचीकृत भएको स्वपुँजी (इक्विट) लगानीको ४६ प्रतिशत हुन आउने ९६ लाख ६१ हजार ६ सय १० कित्ता साधारण सेयर हो । जसमध्ये ९३ लाख २७ हजार ४ सय १० कित्ता सर्वसाधारण र ३ लाख ३४ हजार २ सय कित्ता आयोजना प्रभावित स्थानीयको नाममा छ ।
५४ प्रतिशत हुन आउने १ करोड १३ लाख ४१ हजार ८ सय ९० कित्ता संस्थापक सेयर सदस्यको नाममा छ ।
कम्पनीले निर्माण गरिरहेको तल्लो खारेखोला ७५ प्रतिशत पूरा भएको छ । आयोजनाबाट २०७६ साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here