एजेन्सी– सलमान खान र संजय लीला भन्साली १२ वार्ष पछि एक लभ स्टोरी फिल्ममा काम गर्ने भएका छन्। सुपरस्टार सलमान खान र संजय लीला भन्सालीले १२ वर्ष पहिले ‘सांवरिया’मा एक साथ काम गरेका थिए । अब फेरी एक पटक सँगै काम गर्ने भएका हुन् ।
संजय लीला भन्साली र सलमान खानले मिलेर एक स्क्रिप्ट तयार गरेका छन् । यो एक लभ स्टोरीमा आधारीत फिल्म हो। रिपोर्टका अनुसार दुबै एक अर्का सँग काम गर्न निकै एक्साइटेड रहेका छन् । फिल्म यो वर्षको अन्तिमसम्म फ्लोरमा जान सक्छ ।
संजय लीला भन्साली यो समयमा एकै साथ तीन प्रोजेक्टमा काम गरी रहेका छन् । यि सबै फिल्ममा उनी बलिउडका चर्चित कलाकारहरुसँग काम गरीरहेका छन् ।
सलमान खान अहिले भारतको शुटिङमा व्यस्त रहेका छन् । उनको यो फिल्म आगामी इदमा रिलीज हुनेछ । इद पछि सलमानको दबंग सीरीजको तेस्रो फिल्मको शुटिङमा व्यस्त हुने छन् ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here