दोलखा। धन कमाउन घरपरिवार छोडेर विदेश पुगेका नेपालीहरूले गैरकानुनी काम तथा प्रतिबन्धित खेलहरु खेल्न थालेपछि समस्यामा पर्न थालेको छ।
रोजगारीकै सिलसिलामा खाडी मुलुक कुवेत पुगेका नेपालीहरुले इस्लाम कानुन विपरीत लंगुर बुर्जा खेल्ने खेलाउने गरेपछि दर्जन भन्दा बढि नेपाली पक्राउ परेका छन्।
कुवेतको महाबुल्ला स्थित झाडीबाट कुवेत प्रहरीले लंगुर बुर्जा खेल्दै गरेको अबस्थामा १४ जना नेपालीलाई रंगेहात पक्राउ गरेको छ। पक्राउ परेका नेपालीहरुलाई डिपोट विभागमा पठाइएको कुवेतको एम्यानम्याट न्युज (Aymanmat) ले जनाएको छ।
ठुलो मात्रामा कुवेती रकम सहित पक्राउ परेका नेपालीहरुको परिचय भने खुलाइएको छैन।
विगत लामो समय देखि महाबुल्ला बल्क २ मा गैरकानूनी रुपमा नेपालीहरुले लंगुर बुर्जा खेल्ने र खेलाउने कार्य गर्दै आएको समाचारमा जनाइएको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here