दोलखा। ११ मेगावाटको तल्लो खारे खोला आयोजना निर्माण गरिरहेको युनिभर्सल पावरले बिक्रीमा ल्याएको प्राथमिक शेयरमा आयोजना प्रभावित दोलखाबासीले आबेदन गर्ने आज अन्तिम दिन हो ।
आयोजना  प्रभावितका लागि दोस्रो पटक म्याद थपेर शेयर बिक्री गरिरहेको कम्पनीले आज कार्यालय समयपछि आबेदन लिन बन्द गर्दैछ ।
ईक्रा रेटिड. ग्रेड चार प्राप्त गरेर कमजोर अबस्था देखिएको कम्पनीको २१ लाख ३५० कित्ता साधारण शेयरे आयोजना प्रभावित दोलखा जिल्लाको गौरिशंकर, कालिन्चोकर विगु गाँपालिकाका बासिन्दालाई बिक्री खुलेको हो । यसमा न्यूनतम ५० कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म स्थानीयले आबेदन गर्न पाउाछन् ।
हिमालयन बैंक गौरिशंकर शाखा, सिद्धार्थ बैंक, एनआईसी एशिया, महालक्ष्मी विकास बैंक, र सिन्धु विकास बैंकको चरिकोट शाखा कार्यालय तथा सिन्धु विकास बैंकको मुडे र सिंगटी शाखा कार्यालयबाट आबेदन गर्न सकिने छ ।
यो शेयर बिक्री बन्द भएपछि स्थानीयले नकिनेको समेत जोडिएर ७६ लाख भन्दा बढी कित्ता शेयर सर्बसाधारणमा बिक्रीमा आउने छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here