काठमाडौं । शेयर बजारमा लाभांश नदिने र कमजोर कम्पनीहरुको शेयरमा उचालिएर लगानी गर्दाको परिणाम के हुन्छ भन्ने कुरा सोमबारको शेयर बजारमा माथिल्लो तामाकोशीको शेयर अन्तिम समयमा किन्ने कोही पनि नभएको र बिक्री गर्नेहरुको ओईरोा लागेबाट प्रष्ट हुन आउँछ ।
गत साता शेयर कारोबार खुलेपछि माथिल्लो तामाकोशीको शेयर किन्नेहरुको तातँती लागेकोमा आईतबार र सोमबार ठीक विपरितको प्रबृत्ति देखिदाँ हजारौ लगानीकर्ताहरुले थाम्नै नसकिने घाटा खाएका छन् ।
कम्पनीको अस्था हेर्न र उचालिएर यसमा लगानी नगर्न शेयर लगानी डटकमले सर्बसाधारण लगानीकर्ताहरुमा सावधान गराए वापत आलोचना पनि खेप्नु परेको थियो ।
शेयर मूल्य २२४ रुपैयाँबाट लगातार बढ्दै गई ३४२ पुगेको बेला एकैचोटी बिक्री गर्नेहरु ओईरिँदा सोमबारसम्ममा मूल्य २६३ रुपैयाँमा झरेको छ र उच्च मूल्यमा किन्ने लगानीकर्ताहरुले एक कित्ता शेयरमा ७९ रुपैयाँ घाटा खाईसकेका छन् । सोमबार अन्तिम समयमा शेयर किन्ने कोही नभएको र बिक्री गर्नेतर्फ २१६ जना लाईन लागेर साढे १० हजार कित्ता शेयर बिक्रीमा राखेकोबाट पनि यो ओरालो यात्राको अन्तिम बिन्दु कहाँ होला भन्न मुस्किल हुने देखिएको छ । माथिल्लो तामाकोशीको ठूलो कित्ता शेयर हात पारेकाकर्मचारी संचय कोष, नागरिक लगानी कोषका कर्मचारी र बचतकर्ता, नेपाल बिद्युत प्राधिकरण र नेपाल टेलिकमका कर्मचारीहरुको लाखौं कित्ता शेयर अभौतिक भएर बिक्रीमा आउँनै लागेको बेला यस्तो अनुमान गर्नु झन् बेकार हुने देखिएको छ । लगातार सर्किट लगाएर माथि उचालिएको कम्पनीको शेयर किन्दा अन्तिममा सर्बसाधारण लगानीकर्ताहरु फस्ने संभावना अधिक हुन्छ भन्ने कुरा फेरि प्रमाणित भएको छ ।
आईतबार र सोमबार माथिल्लो तामाकोशीको धेरै कित्ता शेयर किनेका लगानीकर्ताहरुले दोस्रो बजारमा मूल्य घटेसँग घाटा खानुपर्ने एउटा बाध्यता त छदैछ, कम्तिमा तीन बर्ष लाभांश नपाउने र ऋणात्मक नेटवर्थका कारण बैंक तथा बित्तीय संस्थामा त्यो शेयर कितो राखेर कर्जा पनि लिन नसक्ने अबस्था हुँदा दोहोरो मार खेप्नुपर्ने हुनसक्छ । तर यस्तो अबस्थामा आईपीओमा शेयर प्राप्त गरेका लगानीकर्ताहरुले हतारिएर बेच्नुपर्छ भन्ने छैन, उनीहरुले कम्तिमा पाँच बर्षसम्म आफैसँग शेयर राखेमा पछि राम्रो प्रतिफल हाँसिल गर्नसक्छन्, शेयर पाल्ने क्षमता र धैर्यता कति छ भन्ने कुरा चाँही ज्यादै महत्वपूर्ण छ ।
अन्तिममा किन्ने कोही भएनन्

सोमबार अन्तिम समयमा अपर तामाकोशीको मार्केट डेब्थ

सोमबार अन्तिम समयमा अपर तामाकोशीको मार्केट डेब्थ माथिल्लो तामाकोशीको आईतबार सात लाख २९ हजार कित्ता शेयर किनबेच भएकोमा सोमबार चार लाख ३ हजार कित्ता किनबेच भयो । आईतबार ३६ करोडको शेयर बजारको जम्मा कारोबारमा २३ करोड रुपैयाँ माथिल्लो तामाकोशीकै थियो भने सोमबार ३६ करोडको कारोबारमा ११ करोड उसकै हिस्सा रह्यो । अघिल्लो दिन २९२ रुपैयाँमा अन्तिम कारोबार भएर बन्द भएको शेयर मूल्य सोमबार झण्डै १० प्रतिशतले मूल्य घटेर २६३ रुपैयाँमा बन्द भयो ।
यस दिन नेप्से सूचकमा १०.८६ अंकको गिरावट आई ११६८.०६ विन्दुमा रहन गयो । धेरै कम्पनीहरुको शेयर मूल्य घट्दो क्रममा रहे । शेयर लगानीबाट।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here