शरद सापकोटा
वातावरणलाई सदावहार स्वच्छ कायमगर्न अमेरिकाले विभिन्नअभ्यास गरेको छ । विश्वकाविकसित देशहरुले वातावरण संरक्षण र हावापानीको शुद्धता कायमगर्न यिनै प्रणालीलाई अनुशरण गरेका छन् । सहरका घना वस्ती, सवारीसाधन, उद्योग, कलकारखाना, अस्पताल, स्कूल, सार्वजनिक स्थान, होटल तथा रेष्टुरेन्ट जस्ता ठाउँबाट निस्केकाफोहेरलाई ब्यवस्थापन गरी पर्यावरणलाई सधैँ सफा, स्वच्छ, रोगमुक्त र हरियाली कायम गरिएको छ । फोहोर उत्पादनहुने बित्तिकै ब्यवस्थापन गर्नुपर्छ र सरसफाई निरन्तर गरिरहनु पर्छ भन्ने सिद्धान्त सहित फोहोरमैला ब्यवस्थापन भएको छ । ब्यवस्थापनगति धेरै चुस्त र तीव्र छ कि फोहोरमैला कहाँ जान्छ र कति छिटै प्रोसेसिङ गरिन्छ भन्ने कुरा नै महत्वपूर्ण छ । वातावरण संरक्षणका क्षेत्रमा प्रस्ट देख्न सकिने केहीअभ्यासहरु निम्न बमोजिम देख्न सकिन्छ ।
१) बोटविरुवाको संरक्षण : अमेरिकाले वनजंगल तथा बोटविरुवाको उच्च संरक्षण गरेको छ । कुनैपनि जंगलका रुखहरु काट्न नपाईने कानून बनाएको छ । घर,फर्निचर, कागजतथाअन्य काष्ठजन्य सामग्री निर्माणका लागि आवश्यक पर्ने काठहरु अन्य देशबाट (क्यानडा, मलेसिया, मेक्सिको जस्ता) आयात गरिन्छ तर आफ्नो देशमा रहेका रुखहरु संरक्षण गरेर घना हरियाली जंगललाई जोगाएर राखिएको छ ।
मानिस वस्ती भएको ठाउँमा घर बनाइने ठाउँ मात्र बाँकी राखेर वरपर सबै रुखहरु संरक्षित हुन्छन् । टाढाबाट हेर्दा बस्तीहरु जंगलभित्र बसेको देखिन्छ । मानिसले आफूखशी रुख काट्यो भने कानून लाग्छ । यदि रुख काट्नै पर्ने बाध्यता पर्यो भने सम्बन्धित निकायमा कानूनबमोजिम जानकारी गराउनु पर्छ र रुख काट्ने कम्पनीले आएर सुरक्षित ढंगले रुख काटेर काठ, हाँगाबिँगा, पात सहित सबै लिएर जान्छ ।
बोटविरुवाले वातावरणमा अक्सिजन उत्सर्जन गर्ने, समयमा पानीपार्न सहयोग गर्ने र वातावरणलाई सुन्दर बनाउने साथै सन्तुलन राख्ने भएकोले सहरका पेटी, पार्क, वगैँचा जस्ता ठाउँमा विभिन्न जातका वृक्षारोपन गरेर बोटविरुवाको संरक्षण गरिएको छ । यदि एउटा रुख काट्यो भने थुप्रै विरुवा रोप्नुपर्ने प्रावधान मिलाईएको छ ।
२) धुँवा, धुलो नियन्त्रण : धुवाँ र धुलोको स्रोत नै बन्द हुनेगरी नियन्त्रण गरिएको छ । सवारीसाधनले कहिले पनि धुँवा फल्दैनन, यदि धुँवा फाल्न थाल्यो भने त्यस्ता गाडी कम्पनीमा पुर्याइन्छ र निश्चित समयको ग्यारेन्टी सहितमर्मत हुन्छ, कामनलाग्ने भएपछि नष्ट गरिन्छ । गाडीमा प्रयोग गरिने तेल पनि उच्च गुणस्तरको हुन्छ जसले गर्दा धुँवा उत्पादन हुदैन । घरघरमा प्रयोग गरिने चुलो सबै अत्याधुनिक र स्रोतबाटै आउने ग्याँसबाट चल्ने भएकाले धुँवा नियन्त्रण हुन्छ । कारखानाहरुमा धुँवा नियन्त्रक संसाधन निर्माण गरिएकोले धुँवा नियन्त्रण हुन्छ ।
धुलो नियन्त्रणका लागि सडकमा पिचबाहेकका स्थानमा पार्क, हरियाली स्थानहरु बनाईको छ । ग्राभेलमात्र राख्नुपर्ने ठाउँमा भट्टीमा पेलिएको ग्राभेल प्रयोग गरिन्छ जसले गर्दा धुलो उड्दैन । खेतीयोग्य जमिनको आसपास सबै हरियाली जंगल भएकोले धुलोको समस्या हुदैन । सडकहरुको कुशल ब्यवस्थापन भएकोले सडकमा हिलो, धुलो लाग्ने समस्या हुदैन । गाउँमा चलेपनि सहरमा चलेपनि गाडी सफा नै देखिन्छ । बर्षौ चलेका गाडीका टायर पनि नयाँ देखिन्छन् ।
३) सबैतिर सुरक्षित पानीको उपलब्धता : अमेरिकामा जुन ठाउँको पानी पिएपनि कुनै रोग लाग्दैन यदि पानीजन्य रोग लागेमा क्षतिपूर्ती सहितकोे उपचार पाइन्छ । घर, होटल, सपिङ्ग मल, रेष्टुरेन्ट सार्वजनिक शौचालय, सार्वजनिक स्थलहरुमा जडान गरिएका धाराको पानी खाँदा सबै सुरक्षित हुन्छ । पिउने, पकाउने, नुहाउने सरसफाई गर्ने पानी एउटै हुन्छ । सबैतिरको पानीको स्वाद एउटै हुन्छ । सफा, स्वच्छ, सुरक्षित पिउने पानीको ब्यवस्था सरकारले जनतालाई पुर्याएको छ ।
४) पोखरी, ताल, नदी र समुद्रको स्वच्छता : पानीको स्रोतलाई अत्यन्तै महत्व र संवेदनशील स्थानको रुपमा सदैव स्वच्छ राखिन्छ । जुनसुकै फोहोरका स्रोतलाई पनि पानीको छेउछाउ पर्न दिइदैन । पोखरीमा रहेका जलीय जीवजन्तुलाई जो पायो त्यसैले खानेकुरा दिन पाउदैन । त्यो सँग सम्बन्धित कर्मचारी भन्दा बाहेक कसैले केही गर्न पाउँदैन । त्यसैले पोखरी, ताल, बन्दरगाह, नदी सधैँ सफा र स्वच्छ देखिन्छन् । पानी सधैँ सङ्लो हुन्छ । जब पानी स्वच्छ हुन्छ तव वातावरण नै स्वच्छ हुन्छ ।
५) सार्वजनिकशौचालयको निर्माण र ब्यवस्थापन : सडक तथा सहरको निश्चित स्थानमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । सार्वजनिक शौचालयसँगै पार्क र रेष्टुरेन्ट वा कफीसप निर्माण गरिएको छ । मानिसहरु लामो यात्राबाट आइसकेपछि शौचालय जान्छन्, पार्कमा घुमफिर गर्छन, फोटो खिच्छन् र कफीसपमा कफी खाएर यात्रामा जान्छन् । सार्वजनिक शौचालयमा पानी, टिस्यु पेपर, साबुन, ह्याण्डवास जेल, ड्रायर मेशिन जस्ता सामग्रीको उपलब्धता छ, सफा छ, प्रयोग गर्न योग्य छ । अमेरिकाका कुनैपनि शौचालयबाट गन्ध आउँदैन, गन्हाउने ग्याँसहरु निकाल्नको लागि फ्यान प्रयोग गरिएको हुन्छ । यसले गर्दा खुला दिशापिसाब गर्ने, फोहोर फ्याँक्ने समस्या हुदैन सरसफाई कायम हुन्छ ।
६) फोहोरमैला संकलन र ब्यवस्थापन : मानिसहरुले प्रयोग गर्ने सामग्री काम नलाग्ने र मूल्यन आउने खालका केहीपनि हुदैनन । नीजि घरमा फोहोरमैला संकलन गर्ने गाडी आउँछ । सार्वजनिक स्थानमाकुहिने, नकुहिने (प्लाष्टिकजन्य, धातुजन्य) फोहोरकालागि डस्टविनहरु राखिएका हुन्छन् ।मानिसहरुले कुनै फोहोर बाहिर फाल्नै पर्दैन, फाल्दापनि सुहाउदैन किनभने सबै सफाभएको ठाउँमा फोहोर फाल्न मनै लाग्दैन । संकलित भएका फोहोरलाई आजको आजै प्रशोधन केन्द्रमा लगिन्छ र प्रशोधन हुन्छ ।
७) अस्पताल, उद्योग र शौचालयको फोहोर नियन्त्रण : धेरै फोहोर उत्पादन हुने स्थानहरु अस्पताल, उद्योग, शौचालयको लेदो जस्ता फोहोरलाई विभिन्न स्थानमा प्रशोधन केन्द्रहरु खोलेर ब्यवस्थापन गरिन्छ र त्यसबाट मल, उद्योगको कच्चापदार्थ, पुनप्रयोग जस्ता विभिन्न रुपमा बदलेर फोहोरको अन्तिम बिसर्जन हुन्छ ।
८) खाद्य गुणस्तर परीक्षण, आजको खानाआजलाई : संसारभरबाट मानिसहरु जम्मा भई ब्यवसाय गर्ने स्थान अमेरिकामा खाद्य सामग्री उत्पादन हुने ठाउँहरु होटल, रेष्टुरेन्ट, बेकरी सप, सामग्री भण्डारण हुने स्थान, संकलन केन्द्र, प्याकिङ्ग गर्ने स्थान वा अन्य कुनै मिठाई पसलमा खाद्य गुणस्तर हुनु जरुरी छ । जे गुणस्तरको सामग्रीहो त्यसको बारेमा लेबल लगाएर लेख्नु जरुरी छ । यदिखाद्य सामग्रीको गुणस्तर भएन, सफाई स्वच्छता भएन, बासीवा सडेको खानेकुरा भेटियो भने त्यस्तो ब्यक्तिले कहिले पनि ब्यवसाय चलाउन नसक्ने गरी कारवाहीमा पर्छ र उसको ब्यवसाय बन्द हुन्छ । त्यसैले बासी भात, पाउरोटी तथा अन्य खानेकुरा सधैँ ताजा, सफा र स्वच्छ हुनुपर्छ । बढी भयो वा बिग्रियो भने फोहोरको रुपमा फोहोर संकलन केन्द्रमा पठाउनु पर्छ । अमेरिकाले आफ्नै प्रशस्त उत्पादन गर्ने भएकोेले खानेकुरा सस्तो र गुणस्तरीय साथै अर्गानिक पाईन्छ । उत्पादन र बजारीकरणमा तालमेल छ । उत्पादन भएको वस्तु कहिल्यै खेर जादैन । सुरक्षित भण्डारण भएकाले लामो समयसम्म प्रयोग गर्न सकिन्छ । आफूले चाहेको फलफूल, अन्न तथा कुनैपनि खाद्यसामग्रीको भेराइटी आफूले चाहेको समयमा खान पाईन्छ ।
९) संस्कार नै सफा : अमेरिकामा फोहोर जथाभावी फाल्नुपर्छ, वा सफाई गर्नु पर्दैन भन्ने अवस्था नै छैन । सबैलाई सफागर्नुपर्छ, सधैँ सफा हुनुपर्छ, फोहोरले हानि गर्छ, फोहोरलाई नियन्त्रण गर्नुपर्छ भन्ने थाहा भएपछि संस्कृति नै सफाईको छ । कसैले कसैलाई सिकाउनु पर्दैन । जसले गर्दा भिजिविलिटी नै सफा आउँछ । सफा देशमा खिचेको फोटो र फोहोर देशमा खिचेको फोटोमै फरकपना देखिन्छ ।
१०) हिउँको सफाइमा रामै्र बजेट : अमेरिकामा चिसो मौसममा प्रसस्त हिउँ पर्ने भएकोले सडकपेटी पुरै हिउँले ढाकिएको हुन्छ । सहरमा घरबेटीलेनै आफ्नो घर अगाडिको हिउँ पन्छाउनुपर्छ यदि कोही मान्छे उसको घरअगाडि हिउँमा चिप्लेर लड्यो भने क्षतिपूर्ती सहित उपचार गराउनुपर्छ । त्यसैले घरबेटीहरुले हिउँ पगाल्न थुप्रै नून किनेर सडकमा छर्ने गर्छन । राजमार्गहरुमा भने सरकारले डोजर प्रयोग गरेर हिउँ पन्छाउँछ । हिउँ परेको धेरै दिन पछि सम्मपनि डोजरले थुपारेका हिउँका पहाडहरु देख्न सकिन्छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here