शरद सापकोटा
विश्व शक्ति राष्ट्रका नामले परिचित संयुक्त राज्य अमेरिका विज्ञान र प्रविधिमय देख्न सकिन्छ । सृष्टिको उत्कृष्ट जीव नै मानव भएकोले, यो मानव जीवनलाई सञ्चालन गर्न कसरी सरल, सहज र आरामदायी हुन्छ भन्ने ढंगले हरेक क्षेत्रमा गहन अध्ययन र अनुसन्धान गरी प्रविधियुक्त संसाधन निर्माण गरेर लागू गरिएको छ । प्रविधिले कामलाई निकै छिटो, सहज र पारदर्शी गराउँछ । प्रविधिको प्रयोग गर्दा निकै कम जोखिम हुनेगरी ब्यवस्थापन गरिन्छ । खाने, लगाउने, हिड्ने, बस्ने, सुत्ने, खेल्ने, पढ्ने देखि अनेक कामहरुमा उच्च प्रविधियुक्त संसाधनको प्रयोग गरिएको छ । अमेरिकामा देख्न सकिने प्राविधिक संसाधनका केही उदाहरणहरु यसप्रकार छन् ।
१) जीपीएस सिस्टम ः अमेरिकामा आफ्नो गन्तब्यमा पुग्नको लागि जीपीएस प्रयोग गरिन्छ । घना बस्ती भएका सहररुमा कुशल ब्यवस्थापन गरिएका सडक, घरहरु, पार्क, कार्यालय, विद्यालय, कारखाना वा अन्य कुनै स्थानमा पुग्ने सजिलो माध्यम नै जीपीएस हो । आफ्नो गन्तब्यमा पुग्न न कसैलाई सोधेर साध्य छ, न सधैँ ट्याक्सी लिएर जान सम्भव छ त्यसैले जीपीएसमा आफू पुग्नुपर्ने गन्ब्यको ठेगाना राखेपछि आफू जाने माध्यम (गाडी, साईकल, पैदल) छनौट गरेपछि दायाँबायाँ, तल, माथि सबै बताउदै सजिलो गरी यसले गन्तब्य सम्म पु¥याईदिन्छ ।
२) तापक्रमको सन्तुलन ः मौसम परिवर्तन सँगै पृथ्वीमा हावापानी तातो वा चिसो घटबढ भैरहन्छ । यसबाट मानवजीवनको दैनिक कामकाजमा असर नपरोस भनेर स्वचालित एयर कन्डिसनरहरु जडान गरिएको छ । सबैखाले भवनहरु, सबैखाले गाडी, रेल, कार्यस्थल लगायतका क्षेत्रमा सधैभरी एउटै तापक्रम हुन्छ, मौसम परिवर्तनको अनुभूति गर्नु पर्दैन । बाहिर पार्कतिर घुम्न निस्कदा भने फरक मौसमको अनुभूत हुन्छ ।
३) घरघरमा निरन्तर ग्याँस, बिजुली र पानीको उपलब्धता ः प्रत्येकका घरघरमा ग्याँसको पाईप, पानीको लाईन, विद्युत लाईन छ । सबै चिज आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ । ग्याँसको सिलिण्डर बोक्ने, पाईपको लाईन खन्ने तथा बिजुली जाने यसलाई उजुरी गर्नु परिरहने आवश्यकता रहदैन ।
४) रोबोटको प्रयोग ः निरन्तर खटिरहनु पर्ने ठाउँ, जस्तै कुनै कम्पाउण्ड भित्रको पथ प्रदर्शन गर्नुपर्ने स्थान, अलि जोखिमयुक्त आउटडोरमा गर्नुपर्ने कामहरुका लागि रोबोटको प्रयोग गरिन्छ ।
५) गुणस्तरयुक्त फोन सुविधा ः यहाँको मोबाइल सर्भिस अत्यन्तै चुस्त पाईन्छ । डायल गरेको १ सेकेन्डमा फोन लाग्छ र इन्टरनेट कहिल्यै स्लो हुदैन । महिनामा एकपटक पैसा तिरेपछि महिनाभर अनलिमिटेड सर्भिस लिन सकिन्छ ।
६) शक्तिशाली स्मार्ट कार्ड सुविधा ः नागरिकहरुलाई ब्यक्तिगत कार्डको ब्यवस्था गरिएको छ । जसबाट आफ्नो खाताबाट पैसा लिन र तिर्न सकिन्छ सामान खरिद गर्ने ठाउँ, होटल, रेष्टुरेन्ट, पार्किङ, बिजुली, पानी, कर इत्यादीको बिल तिर्न सकिन्छ । अनलाईन सपिङ गर्न सकिन्छ । जसबाट आफ्नो रेकर्ड कायम भैरहन्छ जसले भविष्यमा ठूला कारोबार गर्ने वातावरण तयार हुन्छ ।
७) स्वचालित लिफ्ट, बत्ती, धारो, प्यान ः ठूला भवनहरुमा भएका ठूला ढोकाहरु मानिस आउदा जाँदा आफै खुल्ने र बन्द गर्ने हुन्छन् । सयौँ तले घरका हजारौँ कोठामा पुग्न लिफ्टको प्रयोग गरिन्छ । सपिङ्ग कम्प्लेक्समा कयौँ तलाका लागि सजिलो लिफ्ट राखिएको छ । धारो, शौचालयका प्यान मानिसहरु जाँदा आफैँ खुल्ने र बन्द हुने सिस्टम कायम छ । सार्वजनिक बत्ती दिउँसो दिउँसो निभ्ने, राति आफैँ बल्ने गर्छन । कोठामा मानिस जाँदा बल्ने र अरुबेला निभ्ने गरी मिलाईएको छ ।
८) ठूला अफिस एक्ला कर्मचारी ः सेवाग्राही पुग्ने ठूला ठूला अफिसमा एक्लो कर्मचारी काम गरिरहेको देखिन्छ । बैंक, प्रालि, सरकारी कार्यालयका ठूला डिपार्टमेन्ट एक्ला एक्ला कर्मचारीले सम्हाल्न सक्नेगरी सिस्टम मिलाईएको छ । न कार्यालयमा धेरै स्टाफ देखिन्छन न सेवाग्राहीको लाईन । धेरै काम प्रविधिले हुने भएपछि मान्छेको अनावश्यक भीड हुनै नपर्ने ।
९) पार्किङको पैसा उठाउने मेशिन ः सवारीसाधन पार्किङका लागि तोकिएको ठाउँमा पार्किङ गरेबापत निश्चित शुल्क तिर्नुपर्ने हुन्छ र त्यो पैसा मेशिनले लिन्छ । मेशिनमा कार्ड वा सिक्का मार्फत पैसा तिर्न सकिन्छ । यदि पैसा नतिरी पार्किङ गरेमा वा पार्किङ एरिया बिगारेमा केही मिनेटभित्र प्रहरी आएर कारवाहीमा लैजान्छ ।
१०) रेल चढ्न कार्ड ः यातायातको लागि रेल प्रयोग गर्नलाई सहरको मुनि

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here