चरिकोट । दोलखाको शैलुङ गाउँपालिकाको नाजङ डाँडामा नेपाल टेलिकमको जिएसएम मोबाइल टावर ठडिएसंगै गाउँपालिकाको सबै क्षेत्रमा मोबाइल सेवा सञ्चालनमा आएको छ।
यसअघि टेलिकमको मोबाइल सेवाले काम नगर्ने वडा नम्बर १ र वडा नम्बर ३ को सीमाना नाजङ घर डाँडामा टावर बनेसंगै मोबाइल सम्बन्धि सबै सेवा सञ्चालनमा आएको हो। गाउँपालिकाको भैसे डाँडाको जिएसएम मोबाइल टावर पछि यो दोस्रो टावर ह‍ो।
यो संगै शैलुङ गाउँपालिकाको भुसाफेदा, ताम्चेत दुधपोखरी, काटाकुटी, बाघखोर लगाएतका क्षेत्रमा एनटिसि मोबाइल सेवा सञ्चालन हुने टेलिकम दोलखाका सुचना अधिकार महेश घिमिरेले जानकारी दिनुभयो ।
हाल नेपाल टेलिकम दोलखाले ३६ वटा टावर मार्फट मोबाइल सेवा प्रदान गर्दै आएको छ। टेलिकमले लगभग दोलखा जिल्लाको सबै क्षेत्रमा मोबाइल सेवा बिस्तार गरिसकेको टेलिकम शाखा प्रबन्धक श्याम मनि अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार गौरीशंकर गाउँपालिकाको खारे स्थित गिरबाने डाँडामा निर्माणाधीन मोबाइल टावर सञ्चालनमा आएपछि दोलखाको सबै क्षेत्रमा एनटिसि मोबाइल सेवा सञ्चालन हुनेछ।
त्यसैगरी टेलिकम दोलखाले एक महिना भित्र अप्टिकल फाइबरबाट सेवा प्रदान गर्ने भएको छ। अप्टिकल फाइबरबाट सेवा सञ्चालनमा आए पश्चात् इन्टरनेटको गति तिब्र र टेलिफोन तथा मोबाइल सेवा थप चुस्त हुने शाखा प्रबन्धक अर्यालको  दाबी छ।
सदरमुकाम चरिकोटबाट मुडे हुँदै सिन्धुपाल्चोकको खाडिचौरसम्म अप्टिकल फाइबर बिस्तरको काम सुरु भइसकेको छ। बिद्युत प्राधिकरणको ३३ केविको प्रसारणा लाइनको पोल मार्फत अप्टिकल फाइबर तान्न लागेको दोलखा टेलिकमले जनाएको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here