दोलखा । स्की तथा स्नोबोर्ड प्रतिष्ठान नेपाल र स्की गाइड्स नेपालको आयोजना र जात्रा एड्भेन्चर ट्राभल्सको सहकार्यमा पौष २४ गतेदेखि कालिन्चोकको कुरीमा स्की महोत्सव सञ्चालन हुने भएको छ । प्राविधिक रुपमा स्की लिफ्टको सफल परिक्षण भएको र सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ । हिउँमा खेल्ने साहसिक खेल स्कीलाई आधारमा राखेर नेपाल स्की महोत्सव सञ्चालन गर्न लागिएको हो । कालिञ्चोकको कुरी क्षेत्रमा हिउँ परे लगत्तै आयोजकहरु कार्यक्रमको प्रचारप्रसारमा लागेका छन् ।
नेपाल स्की महोत्सव सुरु भएको ३ वर्ष पुगिसकेको छ । कालिञ्चोकको कुरीमा हिउँ परेलगत्तै प्रतिष्ठानले यो खेल सञ्चालन गर्दै आएको छ । यस साहसिक खेलमा विगतका वर्षहरुमा हजारौँ साहसिक खेल प्रेमीहरूले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ । यस वर्ष स्की लिफ्टको जडान सँगै स्की खेलाडीलाई थप उत्साह पुग्ने लक्ष्य आयोजकले लिएको छ ।
स्की तथा स्नोबोर्ड नेपालका नयाँ पुस्ताहरुको लागि प्रचुर सम्भावना बोकेको साहसिक खेल हो । स्की खेल हिउमा खेलिने बहुचर्चित खेल हो । यस् खेलले नेपालमा भर्खरै चर्चा सँगै सम्भावनाको ढोका खोलेको छ । शाहसी खेल प्रेमिहरुको यस् गौरवमय कार्यक्रमलाई वार्षिक रुपमा हाम्रै दोलखाली भुमीमा सन्चालन गरी दोलखाको पर्यटन प्रबर्धनमा योगदान पुर्याउने ध्येय रहेको महोत्सवका संयोजक एवम् जात्रा एड्भेन्चर ट्राभल्सका सञ्चालक अनिल उप्रेतीले बताएका छन् ।
महोत्सवलाई भब्य बनाउनको निमित्त नयाँ प्रबिधी र दक्ष जनशक्तिको ब्यवस्था गरेका छौ । महोत्सवको अवधिमा कुरी स्थित हिउँमा चिप्लिदै स्की खेल को मज्जा प्रदान गर्न आयोजक अहोरात्र लागेको कुरा प्रतिष्ठानका अध्यक्ष उत्सव पाठकले बताए ।
समस्त आगन्तुकहरुको प्रवाह प्रबंध गर्ने चुनौतीलाई सहजिकरण गर्न विभिन्न उपकरण , सेवा सुबिधा तथा जनशक्तिको उपलब्ध गराइएको छ । स्की सेट, स्नोबोर्ड सेट, स्की लिफ्ट, आपातकालीन सेवा, सुरक्षा र उद्धार उपकरणहरू, टेंटहरू, होटेल बुकिङ र विभिन्न सेवामुखी स्टलहरू सन्चालन गरिनेछन् । यो खेल हिउँ रहुन्जेल सञ्चालन गरिने आयोजकले बताएको छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here