चरिकोट । द‍ोलखाको बिगु गाउँपालिकामा मिनी टिपर दुर्घटना हुदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।
गाउँपालिकाको वडा नम्बर ५ स्थित दुसीडाँडामा बा ५ ख २६६२ नम्बरको मिनी टिपर दुर्घटना हुँदा त्यस्मा सवार
बिगु गाउँपालिका वडा नम्बर ६ का ३० वर्षीय टहल बहादुर थामीको घटना स्थलमै मृत्यु भएको हो।
दुर्घटनामा परी सोही वडाका चालक जयराम गुरुङ, सन्त बहादुर थामी र लालकुमार थामी  घाइते भएको दोलखा प्रहरी प्रबक्ता प्रहरी निरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
शनिबार दिउसो १ बजेको समयमा बिगु गाउँपालिका ५ स्याम्पुबाट ढुङ्गा बोकेर सिंगटीतर्फ आउदै गरेको उक्त मिनी टिपर उकालो चड्न नसकी अचानक चिप्लिएर पछाडितर्फ गुडेर दुसीडाँडाबाट अन्दाजी ५० मिटर तल खसी दुर्घटना भएको बताइएको छ ।
ईलाका प्रहरी कार्यलय सिंगटी र प्रहरी चौकी बिगुका प्रहरी टोलीले घाईतेहरुको उद्धार गरि उपचारको लागी सदरमुकाम चरिकोट पठाईएको प्रहरीले जनाएको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here