काठमाडौं : रोजगारीका लागि नेपाली युवा लैजाने सम्बन्धमा जापानले नेपाल सरकारलाई आधिकारिक अवधारण बनाउन अनुरोध गरेको छ। जापान सरकारले नेपाली कामदार लैजाने सम्बन्धमा गरेको निर्णयसँगै सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग अवधारणा माग गरेको हो।
नेपालबाट के कस्ता कामदार माग गर्ने भन्ने सम्बन्धमा नेपाललाई अवधारणा बनाउन अनुरोध गरेको श्रम सचिव महेशप्रसाद दाहालले जानकारी दिए। यस विषयमा छलफल गर्न जापानी प्रतिनिधि नेपाल सरकारसँग छलफल गर्न जनजरी १६ तारिख अर्थात् माघ २ मा नेपाल आउने मिति तय भएको समाचार कारोबार दैनिकमा छ।
जापानी प्रतिनिधि नेपाल आएपछि अझ बिस्तृत रुपमा छलफल हुने मन्त्रालयले जनाएको छ। यसरी छलफलमा आउने जापानी प्राविधिक प्रतिनिधि अन्य श्रमिक स्रोत मुलुकसहित नेपाल आउने योजना छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here