चरिकोट । दोलखाको मेलुङ गाउँपालिकाका बृद्धअबश्थाका नागरिकलाई जाडोबाट बचाउन ब्ल्याङकेट वितरण सुरु गरिएको छ।
न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत गाउँपालिकाले पालिकाभित्रका ८० वर्ष पुगेका सबै जेष्ठ नागरिकलाई ब्ल्याङकेट वितरण सुरु गरेको हो । मंगलबार पहिलो दिन वडा नम्वर ६ का ५० जना बृद्धबृद्धालाई गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले ब्ल्याङकेट वितरण गर्नुभयो  ।
हिजोदेखि सुरु भएको सो अभियान अन्तर्गत करिब दुई साता भित्र गाउँपालिकाका ७ वटै वडाका ८० वर्ष माथिका जेष्ठ नागरिकलाई ब्ल्याङकेट वितरण गरिनेछ।
गाउँपालिका भित्रका करिब ६ सय बृद्धबृद्धालाई १७ सय मुल्य बराबरको ब्ल्याङकेट वितरण गरिने कार्यक्रम रहेको गाउँपालिकाका प्रवक्ता हिरा थोकरले जानकारी दिनुभयो ।
त्यसैगरी मंगलबार (हिजो) नै मेलुङ गाउँपालिका ६ निगासीमा सामुदायिक स्वास्थ एकाई भवनकाे समुदघाटन सम्पन्न भएको छ। एक जना अहेव र एक जना अनमिले सेवा प्रदान गर्ने गरि सामुदायिक स्वास्थ एकाई सञ्चालनमा ल्याइएको वडा अध्यक्ष राजु कुसुम लामाले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रतिपक्ष दल नेपाली कांग्रेसका महासमिति सदस्य बर्मा लामा, नेकपाका नेता दानबहादुर तामाङ, जेष्ठ नागरिकहरु सन्तलाल तामाङ र गणेश बहादुर खत्री लगाएतले जेष्ठ नागरिकको सम्मान कार्यक्रम सराहनीय रहेको बताए।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here