चरिकोट । दोलखामा निर्माणधीन ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याइएको सेयर बिक्री खुल्ला गरिएको छ।
आयोजना प्रभावित स्थानीयका लागि युनिभर्सल पावर कम्पनीे लिमिटेडले पुस १५ गतेदेखि सेयर निष्कासन गरेको हो।
पहिलो चरणमा आयोजना प्रभावित गौरिशंकर, कालिञ्चोक र विगु गाउँपालिका लागि २१ लाख ३ सय ५० कित्ता सेयर बिक्री खुला गरिएको छ।
आयोजनामा लगानी गर्न इच्छुुक स्थानीयले पुस २९ गतेभित्र सेयर आवेदन दिइसक्नुपर्ने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।
सेयर खरिद गर्न न्युनतम ५० देखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । सेयर आवेदन दिन चरिकोटस्थित कृषि विकास, सिटिजन्स इन्टरनेसनल, महालक्ष्मी विकास, एनआइसी एसिया , सिद्धार्थ, सिन्धु विकास बैंकको मुडे र सिंगटी शाखा तथा हिमालयन बैंकको गौरीशंकर शाखालाई केन्द्र ताेकिएकाे छ । स्थानीयको सेयर बाँडफाँडपछि सर्वसाधारणका लागि छुट्याइएको ७५ लाख ६१ हजार २६० कित्ता सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ । कम्पनीले कुल जारी पूँजीको ४६ प्रतिशत बराबरको साधारण सेयर जारी गरेको हो । कम्पनीमा ८८ प्रतिशत स्वामित्व सीईडीबी हाइड्रो फण्ड लिमिटेडको छ ।
आयोजना बनाउन २ अर्ब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको ११ मेगावाटको तल्लो खारे खोलाको निर्माण कार्य तिब्र गतिमा भइरहेको कम्पनीले जनाएको छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here