खिम्ती -२ को आयोजना स्थलको चिनियाँ टोलीद्वारा भ्रमण

चरिकोट । दोलखा र रामेछापको सीमामा निर्माण हुने ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत आयोजनाको निर्माण आगामी फागुनबाट सुरु हुने भएको छ। आयोजनाको निर्माणपूर्वका सबै काम पूरा भएको छ। खिम्ती–२ पिपुल्स इनर्जी लिमिटेड निर्माण गर्दैछन् ।
खिम्ती–२ को अहिलेसम्म विस्तृत आयोजना प्रतिवेदन (डिपिआर), हाइड्रोलोजिकल मोडलिङ लगायत काम पूरा भइसकेको पिपुल्स इनर्जीका कार्यकारी अध्यक्ष कृष्ण आचार्यले बताउनुभयो। “ठेकेदारलाई काम गर्ने कार्यादेश समेत दिइएको छ, चिनियाँ ठेकेदारलाई सुरुको १० प्रतिशत पेश्की रकम दिएपछि काम सुरु हुन्छ,” उहाँले भन्नुभयो , “एक महिनाभित्र सबै काम सकेर फागुनदेखि निर्माण सुरु गर्ने तालिका छ ।” अहिलेसम्म २ वटा बेली ब्रिज, आवश्यक विद्युतको जोहो, क्याम्प, पहुँचमार्ग लगायत काम सकिएको आचार्यको दाबी छ ।
खिम्ती २ आयोजना इपिसी–एफ (अध्ययन, खरिद, निर्माण तथा आर्थिक स्रोत व्यवस्थापन) मोडलमा चिनियाँ कम्पनीले निर्माण गर्न लागेका छन् । खिम्ती निर्माण गर्न चीनको चोङक्विङ वाटर टर्बाइन वक्र्स (सिडब्लूटिडब्लू) ले ८ करोड ८० लाख अमेरिकी डलरमा ठेक्का पाएको छ ।
उक्त आयोजनामा सानिमा बैंकको अगुवाईमा १० बैंकले लगानीको प्रत्याभूति गरिदिनेछन् । आयोजनामा १० प्रतिशत पेश्की खर्च पाएपछि चिनियाँ ठेकेदारले आफैं लगानी ल्याएर निर्माण गर्नेछन् । आयोजनाबाट विद्युत उत्पादन भएको ७ सय दिनपछि चिनियाँ कम्पनीलाई ऋण तिर्नुपर्नेछ ।
करिब ९ अर्ब रुपैयाँ लागत अनुमान गरिएको खिम्तीबाट २०७८ साल असारसम्म विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here