चरिकोट । दोलखामा निर्माणधीन ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याइएको सेयर बिक्री खुल्ला गरिने भएको छ।
आयोजना प्रभावित स्थानीयका लागि आगामी पुस १५ गतेदेखि युनिभर्सल पावर कम्पनीे लिमिटेडले सेयर निष्कासन गरेर बाँडफाँड गर्न लागेको हो ।
पहिलो चरणमा आयोजना प्रभावित (गौरिशंकर, कालिञ्चोक र विगु गाउँपालिका) र दोलखालीका लागि २१ लाख ३ सय ५० कित्ता सेयर बिक्री खुला गरिनेछ ।
आयोजनामा लगानी गर्न इच्छुुक स्थानीयले पुस २९ गतभित्र सेयर आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।
सेयर खरिद गर्न न्युनतम ५० देखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । सेयर आवेदन दिन चरिकोटस्थित कृषि विकास, सिटिजन्स इन्टरनेसनल, महालक्ष्मी विकास, एनआइसी एसिया , सिद्धार्थ, सिन्धु विकास बैंकको चरिकोट, मुडे र सिंगटी शाखा तथा हिमालयन बैंकको गौरीशंकर शाखालाई केन्द्र ताेकिएकाे छ । स्थानीयको सेयर बाँडफाँडपछि सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here