काठमाडौं– नेपाल विद्युत प्राधिकरणले ‘नेपाल इलेक्ट्रिसिटी एथोरिटी’ नामक मोबाइल एप्लिकेसन ल्याएको छ । उपभोक्ता समक्ष प्राधिकरणबारेको सम्पूर्ण सूचना प्रवाह गर्ने उद्देश्यले मोबाइल एप्लिकेसन ल्याइएको हो । अहिले एन्ड्रोइड मोबाइल प्रयोग गर्ने उपभोक्ताका लागि एप्लिकेसन ल्याइएकाे प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार प्ले स्टोरबाट एप्लिकेसन डाउनलोड गरी इन्स्टल गरेर उपभाेक्ताले प्राधिकरणबारेकाे आवश्यक सूचना प्राप्त गर्नेछन् । यस्तै, वितरण लाइनकाे मर्मत तथा स्तरोन्नति गर्न दैनिकरुपमा विद्युत कटाैती हुने क्षेत्रकाे विवरण राखिएकाे पनि उनले बताए । उपभाेक्ताले माेबाइल एप्लिकेसनबाटै नेपाल इन्भेस्टमेन्ट बैंक र इ सेवामार्फत घरमै बसेर विद्युत महसुल तिर्न सक्नेछन् । एप्लिकेसनमा प्राधिकरणका क्षेत्रीय कार्यालय तथा वितरण केन्द्रबारेको जानकारी पनि राखिएको छ ।  सबै वितरण केन्द्रका नो लाइट सेवाका टेलिफोन नम्बरसमेत राखिएको प्राधिकरणले जनाएको छ ।  प्राधिकरणले सार्वजनिक गर्ने नियमित सूचना, विज्ञप्ती, बिल सम्बन्धि जानकारी समावेश गरिएको छ । एप्लिकेसन इन्स्टल गरेर चलाउन प्रयोगकर्ताले आफ्नो नाम र जन्म मिति राखेर खाता खाेल्नु पर्नेछ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here