दोलखा । २९ हजार भोट सहित दोलखाली टँसी शेर्पा रियालिटी टिभी सो योङ स्टार डान्स कम्पिटिसनको जुनियर विनर बन्न सफल भएको छ।
दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ७ मार्बुका टसी शेर्पाले पव्लिक भोटका आधारमा जुनियरतर्फको उपाधी जित्न सफल भएका हुन।
जनता टेलिभिजनमा प्रसारण हुने योङ स्टार डान्स कम्पिटीसन सिजन सेभेनको गएराति सम्पन्न फिनालेमा शेर्पा निकटतम प्रतिस्पर्धीलाई ६ हजार मतान्तरले पछि पार्दै प्रथम भएका थिए।
उपाधीसँगै शेर्पालाई नगद १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक सनसनी प्रोडक्सन हाउसले जनाएको छ।
शेर्पा करिव ४ महिना अघि दोलखाको पर्यटकीय नगरी जिरीमा भएको अडिसन मार्फत रियालिटी सोका लागि छनौट भएका थिए ।
त्यसैगरी दोलखाकै ऋचा खड्का भने थर्ड रनर अप बन्न सफल भएकी छिन् । जिल्लाको जिरी नगरपालिका १ स्यामाकी ऋचा खड्का २ हजार मत प्राप्त गर्दै डान्स कम्पिटिसनको थर्ड रनर अप बनेकी हुन् । थर्ड रनर अप बनेकी ऋचाले नगद १० हजार सहित ट्रफी र प्रमाणपत्र पाएकी छिन् ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here