दोलखा। टिभी ‘रियालिटी सो’ नेपाल आइडल सिजन-२ को टप ६ सम्म पुग्न सफल दोलखाली पवन गिरीले चरिकोटमा धमका मच्चाएका छन् ।
निम्फा दोलखाले आयोजना गरेको सांगीतिक कन्सर्टमा उनले आफ्नो वेजोड सांगीतिक प्रस्तुति देखाउदै १९७० मिटरको उचाइमा रहेको चिसोचिसो चरिकोटको माहोल नै गरम बनाएका छन् ।
पवनसंगै गाउन, रम्न र झुम्न हजारौंको संख्यामा उनका समर्थक र शुभचिन्तक सातदोबाटो चोकमा पुगेका थिए।
दोलखा आइडलका नामले कहलिएका पवनले खनी खोला बाचेमा भेट होला, नमस्ते नमस्ते, हुक्का मेरो डल्ले डल्ले लागाएतका गीत गाउदा ताली र हुटिङको वर्षा नै भएको थियो ।
सांगीतिक कन्सर्टमा पवनलाई पवन एण्ड द व्यान्डका सुलभ महत्त्व बेस गितार, प्रशान्त दहाल सोलो गितार, सागर केसी रिदम  र सागार कट्वालले  ड्रमसेटमा साथ दिएका थिए।
शुक्रबार मात्रै गृह नगर चरिकोट आइपुगेका भीमेश्वर नगरपालिका वडा नम्बर ५ विसुनटोल निवासी पवनलाई आफन्त, शुभचिन्तक र विभिन्न संघसंस्थाहरुले खादा, माला लगाएर भव्य स्वागत तथा बधाई दिएका छन्। साथै मायको चिनो र सम्मानपत्रले सम्मान गरिएको छ ।
पवन गिरी सम्मान तथा सांस्कृतिक कार्यक्रममा निम्फा दोलखाका र डान्स क्रुका कलाकारहरुले समेत बेजोड नृत्य प्रस्तुत गरेका थिए। उक्त कार्यक्रमको फेसबुक लाइभ समेत गरिएको थियो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here