दोलखा । गौरीशंकर गाउँपालिका – ७ मार्वुका १३ वर्षीय टँसी शेर्पाजनता टेलिभिजबाट मंगलबार ६:२० बजे प्रसारण हुने ‘रियालिटि सो’ योङ्ग स्टार डान्स कम्पिटिसन सिजन – ७ को टप ५ मा पर्न सफल भएको छ।
देशभरबाट छानिएका २२ जना प्रतियोगी मध्ये १२ जनालाई उछिन्दै टप १० मा पुगेका शेर्पा नृत्य र भोटका आधारमा फेरि ५ जनालाई पछि पार्दै  टप ५ मा पुग्न सफल भएको हो।
यो संगै प्रतियोगिता अब विनर घोषणा गर्ने चरणमा पुगेको छ।
टप फाईभबाटै विनर, फस्ट रनरअप, सेकेन्ड रनर अप, थर्ड रनरअप छान्ने भएको हुदाँ टँसीको विनर बन्ने सम्भावना ज्यादा रहेको बुबा नीमा शेर्पाको दाबी छ।
टँसीलाई योङ्ग स्टार डान्सका विजेता बन्न अब नृत्य संगसंगै भोटको पनि उत्तिकै महत्त्व रहेको बुबा निमाले प्रष्ट पार्नुभयो।
उहाँका अनुसार टँसीलाई YSD_11 टाईप गरि NTC, NCELL बाट 38000 मा Message सेन्ड गर्नुपर्नेछ ।
भोटीङ लाईन मंसिर १९ देखि पौष ४ गते सम्मको लागि खुलिसकेको छ। योङ स्टार डान्स कम्पिटिसनको फाइनल प्रतियोगिता पौष ५ गते राष्ट्रिय नाचघर जमलमा हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा विनर हुनेले नगद दुई लाख सहित अन्य पुरस्कार पाउनेछन् भने, अन्यलाई समेत नगद सहितको पुरस्कारको व्यवस्था गरिएको छ।
चरिकोट स्थित द-राईजिङ स्टार बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत टँसिले स्थानीय स्तरका विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी जनाएर आफ्नो नृत्य कौशल देखाईरहेकै हुन्छन् । तर पहिलोपटक राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिई टप ५ मा पर्न सफल टसिलाई आगामी दिनमा सम्पुर्ण दोलखालीहरुले भोटीङ मार्फत अगाडि बढ्न सहयोग गर्नुपर्ने हुन्छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here