दोलखा। झण्डै साढे तीन बर्षदेखि अलपत्र छाडिएको सदरमुकाम चरिकोटदेखि दोलखा बजारसम्मको साढे चार किलोमिटर सडकको कामले अहिले गति पाएको छ।
श्रेष्ठ कन्सट्रक्सन कम्पनी हेटौडा र समानान्तर निर्माण सेवा काठमाडौँले संयुक्त रुपमा काम थालेको ४० महिना बित्दा पनि काम हुन नसक्दा स्थानीयहरु वर्षामा हिलो र खाल्डाखुल्डी तथा हिउँदमा धुलोबाट आजित भएका थिए ।
२०७२ साल असारमा कुल ८ करोड ७९ लाख ९५ हजार ४९७ रुपैयाँमा ठेक्का सम्झौता गरि सडकको दायाँबायाँ चौडा सहित स्तरउन्नतिका काम थालेका श्रेष्ठ समानान्तर जेभीले सम्झौता अनुसार २०७४ असार मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने थियो ।
तर मुख्य जिम्मेवारी पाएका श्रेष्ठ कन्सट्रक्सन कम्पनी हेटौडाले विभिन्न बहाना देखाउदै काम लथालिङ्ग छाडेपछि कामले गति पाउन सकेको थिएन् ।
श्रेष्ठ समानान्तर जेभीले सम्झौता अनुसार सडक दायाँबायाँ कटिङ, मेसिनरी वाल, ग्याबिन वाल, प्रोटेक्सन वाल, स्ल्याब, कल्भर्ट, नाला तथा प्रिमिक्स पिच गर्नुपर्ने थियो ।
तर सामान्य प्रोटेक्सन, ग्याविन वाल, मेसिनरी वाल, नाला तथा दायाँबायाँ कटिङ बाहेक अन्य काम हुन सकेको थिएन् ।
व्यापक जनदबाब र १० प्रतिशत हर्जना तिर्नुपर्ने भएपछि समानान्तर निर्माण सेवा एक्लैले मंसिरो पहिलो हप्ता काम थालिएकोमा अहिले दोलखा बजार देखि चरिकोट पुरोनो बजारसम्म सबबेस बिछ्याउने काम भइरहेको छ ।
दुई महिना भित्र सकिने लक्ष्य सहित काममा लागेको कम्पनीको साइट इन्चार्ज सब इन्जिनियर पवन मैनालीले जानकारी दिनुभयो ।
उहाँले ग्याबिन तथा मेसिनरी वालको काम लगभग अन्तिम चरनमा रहेको र नालको काम १८ सय मिटर सकेकोले सबै कामलाई एकैसाथ अगाडि बढाउने बताउनुभयो । हाल समानान्तर निर्माण सेवाले दुईवटा डोजर, एउटा ग्रेडर, एउटा रोलर, एउटा पानी ट्याङ्क्टर, दुईवटा टिपर सहित कामदारहरुलाई साइटमा परिचालन गरेको छ ।
त्यसैगरि भुकम्प लगाएत अन्य बिबिध कारण काममा क्षती पुर्‍याएको भन्दै थप कामको लागि १ करोड ३१ लाख २८ हजार ९८८ रुपैयाँ थप गरी जम्मा लागत १० करोड ११ लाख २४ हजार ४८५ रुपैयाँ  पुर्‍याएको छ ।
समयमै काम नसकाएपछि हर्जना बापतको ६८ लाख ३६ हजार ७६९ रुपैयाँ ठेकेदारले तिर्नुपर्ने देखिएको सडक डिभिजन चरिकोटका सुचना अधिकारी इन्जिनियर कमल कुमार साहले जानकारी दिनुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here