देउसी भैलोको रकमले बिद्यार्थीलाई न्यानो कपडा

110

चरिकोट । अमेरिकामा देउसी भैलोबाट जम्मा गरेको रकमले नेपालका बालबालिकाहरुले न्यानो कपडा पाएका छन् ।
भर्जिनियामा बस्दै आएका नेपाली बालबालिकाहरूले तिहारमा देउसी–भैलोबाट जम्मा गरेको रकमबाट दोलखा भिमेश्वर नगरपालिका स्थित विसुन्टोल आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।
जम्मा भएको २२ हजार ३ सय ३२ रुपैयाँबाट किनिएको कपडा भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेतले विद्यालयका २० बालबालिकालाई वितरण गरेको अभियानता नीता राउतले बताए । उनका अनुसार जम्मा भएको रकमले १ थान स्वीटर र १ थान टोपी प्रदान गरिएको छ ।
यस क्रमले बालबालिकालाई निरन्तर विद्यालय आउन थप सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक परशुराम थापाले बताए ।
अमेरिकामा बस्ने विस्वेस ढुगाना, स्मीती उपाध्याय, सन्तोष क्षेत्री, अक्षत ढुंगाना, प्रतिक उपाध्याय, रिवाज रेग्मी, पार्थ रेग्मीले हरेक वर्ष देउसी भैलोबाट संकलित रकम नेपालको विभिन्न क्षेत्रमा रहेका बालबालिकाको लागी खर्च गर्दै आइरहेका छन् ।

अमेरिका बस्दै आएका नेपाली बालबालिकाहरु परिवारका साथमा

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here