तास खेल्ने १८ जना पक्राउ

516

दोलखा। जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक हित बिरुद्द कसुर गरिएको भन्दै दोलखाको मेलुङ गाउँपालिकाबाट १८ जनालाई पक्राउ गरेेेक‍ो छ।
गाँउपालिका वडा नं. ७ स्थित सितलीमा तास खेल्दै गरेको अवस्थामा नगद सहित १८ जनालाई पक्राउ गरिएको हो।
स्थानीय बिरेन्द्र मगरको घरमा तास खेलिरहेको अवस्थामा निजहरुलाई नगद तीन लाख २८ हजार १६५ रुपैया र ५२ पत्ती तास सहित पक्राउ गरिएको सुचना अधिकारी प्रहरी निरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय दोलखाबाट म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको उहाले बताउनुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here