भविष्यका कर्णधारहरुको चोरी अभ्यास : फिल्मी शैलीमा चोर्दाचोर्दै पक्राउ

255

दोलखा । बालबालिका भविष्यको कर्णधार भन्छौ। आशिर्वाद दिदा पनि ठूलो मान्छे बनेस, डाक्टर बनेस, पाइलट बनेस, ईन्जिनियर बनेस भन्छौं । समाजका परम्परा अनुसार बालबालिकालाई भगवानकै रुपमा मान्ने गर्छौं । तर विडम्बना दोलखाका कतिपय बालबालिकाहरु हिंस्रक र अपराधी गतिविधिमा समेत सामेल भएको पाइएको छ। चाहे त्यो लागू पदार्थको लतमा लागेर होस, हिंस्रक गतिविधिमा लागेर होस या चोरीडकैतीमा लागेर होस। कुनै न कुनै अपराधीक गतिविधिमा सामेल त भएकै देखिन्छ ।
दोलखामा जतिसुकै बालबालिकाका हकअधिकार र संरक्षणनका कुरा गरेर नथाक्ने सरकारी तथा गैरसरकारी संस्थाका चिप्लोचाप्लो कुरा अहिले ओझेलमा पर्ने लगभग पक्का छ।
आइतबारको घटनाले उक्त कुरालाई थप बल मात्रै पुगेको छैन लगभग ओझेलमा पारेक‍ो साबित नै गराइदिएको छ।
बिहान ११ बजेको समयमा रड लगाएका अन्य अौजार  प्रयोग गरी कोठाको झ्याल, झ्यालको भेन्टिनेसन र ढोका फोडी चोरी गरेको अभियोगमा भीमेश्वर नगरपालिका वडा नम्बरको ६ बाट चार जना बालकलाई रंगे हात पक्राउ गरेको छ ।
पुरै फिल्मी शैलीमा एकबाट अर्को गर्दै एकै दिन ७ ठाउँमा  चोरी गरिरहको अवस्थामा उनिहरुलाई प्रहरीले पक्राउ गरिएको हो।
पक्राउ परेका १० वर्षदेखि १४ वर्ष सम्मका बालकहरुको साथबाट चोरी गरेको नगद तथा मोवाईल समेत बरामद भएको दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले जानकारी दिनुभयो ।
यो संगै अब विगत लामो समयदेखि चोरीको घट्नाबाट आजित भएका जनताको ध्यान बाल चोर तिर मोडिएको छ भने प्रहरीको अनुसन्धान समेत बालक केन्द्रित हुने सम्भावना बढेको छ।
विगतमा दैनिक जस्तो चोरीको घट्ना हुने सदरमुकाम चरिकोटमा प्रहरी नायव उपरीक्षक पाठक प्रहरी प्रमुख भएर आएपछि चोरीको घट्नामा कमी आएको थियो ।
बिभिन्न स्थानमा भएको चोरीको घट्नालाई मध्ये नजर गर्दै शंकास्पद व्यक्तिहरुको निगरानी गर्ने र व्यापक रुपमा प्रहरी परिचालन गर्ने काम भैरहेको अवस्थामा ४ बालबालिका पक्राउ पर्नुले पनि विगतमा भएका ठुलठुला चोरीहरुमा बालककै संलग्नता थियो कि भन्ने शंका समेत उब्जिएको छ।
प्रचलित कानुन अनुसार १६ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई  हिरासतमा राख्न र हतकडी लगाउन पाउने छैन्। कानुनी प्रक्रिया पालन गर्दै बालबालिकालाई अपराधीक गतिविधिबाट टाढा राख्नका लागि जिल्लामा एउटा सुधार गृह अपरिहार्य देखिएको छ ।
हिरासतमा राख्न समेत नमिल्ने र अन्यसंगै राखेर कानुनी प्रक्रिया अघि बढाउदा पनि कानुनको अपहेलना हुने भएकाले तुरुन्तै छोड्नुपर्दा समाजमा बाल अपराधले ठाउँ पाएको डिएसपी पाठक बताउनुहुन्छ।
उहाँले चोरीमा संलग्न केहि बालकहरुको त अभिभावक भेट्न समेत समस्या रहेको बताउनुभयो ।
त्यस्तै प्रहरीको अनुसन्धान अनुसार सदरमुकाम चरिकोटमा हुने चोरीको घट्नामा धेरै जसो बालकहरुको सहभागिता हुने गरेको पाइएको छ ।
बालबालिकाले चोरी गरेको ठहरिए पनि उनीहरुलाई अभिभावकको जिम्मा लगाउने भन्दा अर्को उपाए नभएको प्रहरी निरीक्षक माधव प्रसाद काफ्लेले बताउनुभयो ।
उहाँले पक्राउ परेका बालकहरुको बारेमा थप अनुसन्धान भइरहेको समेत प्रष्ट पार्नुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here