जिल्ला अदालतमा मुद्दाको चाङ : दुई सय २७ को फैसला हुन बाकी

159
दोलखा, भीमेश्वर नगरपालिक वडा नम्बर ३ चरिकोट स्थित दोलखा जिल्ला अदालतको भवन।

दोलखा । अदालतबाट भएका फैसला कार्यान्वयनमा तीव्रता दिने उद्देश्यले चालु वर्षलाई मुलुकभर फैसला कार्यान्वयन वर्षको रुपमा मनाईरहदा दोलखा जिल्ला अदालतमा भने अझै २ सय २७ मुद्दाको फैसला हुन बाकी देखिएको छ ।
जिल्ला अदालतमा देवानी प्रकृतिका १ सय ४७, साधारण फौजदारी ४२, सरकारवादी फौजदारी ३५, रिट २ र सरकारवादी पुनरावेदनको १ वटा मुद्दा फच्र्यौट हुन बाँकी देखिएको हो ।
ती मध्य १४ वटा मुद्दा २ वर्ष नाघिसकेका छन् भने १२ वटा २ वर्ष भित्रको,
१३ वटा १८ महिना भित्रको, ३९ वटा १ वर्ष भित्रको र १ सय ४९ वटा ६ महिना भित्रको मुद्दा रहेको मुद्दा शाखाका नायव सुव्वा विमोचन अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालु वर्षको ४ महिनाको अवधिमा मात्रै देवानी प्रकृतिको ८६, साधारण फौजदारी २४, सरकारवादी फौजदारी २१, रिट दुई वटा र सरकारवादी पुनरावेदन सम्बन्धि एउटा गरि १ सय ३४ वटा मुद्दा दर्ता भएको छ ।
त्यस्तै देवानी प्रकृतिको १ सय ५, ४५ वटा साधारण फैजदारी, २९ वटा सरकारवादी फौजदारी, २ वटा सरकारवादी पुनरावेदन र एउटा रिट गरि १ सय ८२ वटा मुद्दा भने गत वर्षबाट जिम्मेवारी सरि आएको छ ।
त्यसैगरी अदालतले चालु वर्षको ४ महिनाको अवधिमा ८९ वटा मुद्दा फच्र्यौट गरेको छ ।
गत वर्षबाट जिम्मेवारी सरि आएको १ सय ८२ र यो वर्षको १ सय ३४ गरि ३ सय १६ वटा मुद्दा अदालती प्रक्रियामा रहेकोमा ४ महिनाको अवधिमा अर्थात कात्तिक मसान्त सम्ममा ८९ वटा मुद्दा फच्र्यौट भएको हो।
ती मध्य सबैभन्दा बढि देवानी प्रकृतिका ४६ वटा मुद्दा फच्र्यौट भएको छ भने साधारण फौजदारी सम्बन्धि २६, सरकारवादी फौजदारी सम्बन्धि १४, सरकारवादी पुनरावेदन सम्बन्धि २ तथा रिट सम्बन्धि एउटा मुद्दा फच्र्यौट भएको.नायव सुव्वा अधिकारीले जानकारी दिनुभयो ।
स्थानीय, प्रदेश र संघको चुनावले गर्दा पनि धेरै मुद्दाहरु किनारा लाग्न नसकेको उल्लेख गर्दै जिल्ला न्यायाधीश तेज बहादुर खड्काले अव फैसलाको कामले तिब्रता पाउने दावी गर्नुभयो । उहाँले अहिल हरेक महिन १४ देखि १६ वटा सम्म मुद्दा किनारा लगाउने हिसावले काम सुरुभएको बताउनुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here