तामाङको छैठौं स्मृति सभा गृह जिल्लामा सम्पन्न

78

दोलखा। निष्ठा एवम् आस्थाका प्रतिमूर्ती आदर्श पुरुष नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पुर्व मन्त्री स्व.भीमबहादुर तामाङ स्मृति दिवस गृह जिल्लामा सम्पन्न भएको छ।
पाँच दशक लामो निष्ठाको राजनीतिक यात्रामा रहेर जिल्ला देखि केन्द्रसम्म निष्ठा एवम् आस्थाका प्रतिमुर्तिका रुपमा परिचित तामङको  छैठौं स्मृति सभा सदरमुकाम चरिकोटमा सम्पन्न भएको हो ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै कांग्रेस नेता बर्मा लामाले भीमबहादुर  तामाङको जीवनभरको सम्पत्ति भनेकै  निर्दाग चरीत्र, पारदर्शिता, शान्त स्वभाव र  दृढ आत्मबिश्वास भएको बताउनुभयो ।
राजनीतिमा हरेक विषयलाई आफू अनुकूल  व्याख्या गर्ने परम्पराभन्दा तामाङ माथि रहेको उल्लेख गर्नुहुँदै लामाले मुलुकलाई   जातीय द्वन्द्वबाट जोगाउन ठूलो योगदान दिएको बताउनुभयो।
त्यस्तै पार्टी सचिव सन्तोष रिमालले आफ्ना कार्यकर्ताले गलत कार्य गर्दा पनि जोगाउन नभई  दण्ड गर्नुपर्छ भन्ने एक मात्रै नेता भीमबहादुर रहेको बताउनुभयो।
सभामा पार्टीसह सचिब हरिशरण शिवाकोटी, २ नम्बर क्षेत्रका क्षेत्रीय पार्टी सभापति जयराम श्रेष्ठ, जिल्ला कार्यसमिति सदस्यहरु बालकृष्ण आचार्य, कुमार भुजेल, राजु लामा, महेश काफ्ले, तरुण दल अध्यक्ष दावा शेर्पा, शिक्षक संघ अध्यक्ष  गोविन्द मानन्धर, प्रेस युनियन अध्यक्ष दिपशंकर चौलागाई लगाएत नेता कार्यकर्ताको सहभागी थियो।
२०१४ सालमा नेपाली कांग्रेसको सदस्य लिनुभएका भीमबहादुर तामाङले पटक पटक जेलनेल भोग्दैै निरन्तर नेपाली कांग्रेसको राजनीतिबाटै आफ्नो गर्विलो इतिहास निर्माण गरि २०६९ साल मंसिर १६ गते देहबशान भएकाे थियाे ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here