न्याैपाने कम्प्लेक्स यसै महिनादेखि:भाडाको लागि बुकिङ खुल्ला

1320

चरिकाेट । दोलखाको भीमेश्वर नगरपालिका -६ चरिकाेटमा निर्माण हुन लागेकाे न्याैपाने कम्प्लेक्सकाे निर्माण यसै महिना भित्र सम्पन्न हुने भएकाे छ ।
व्यापारीक क्षेत्रको रुपमा चिनिने चरिकोट बीचबजारमा बन्दै गरेको व्यावसायिक सुविधा सहितको साढे ४ तल्ले भवनको काम अन्तिम चरणमा पुगेकाले मंसिर अन्तिमसम्म निर्माण सम्पन्न हुने भएको हो। निर्माण सम्पन्न भए लगत्तै कम्प्लेक्स संचालनमा अाउने संचालक भाेजराज न्याैपानेले बताउनुभयाे।
उहाँका अनुसार बैंक, सहकारी, ईन्सुरेन्स कम्पनी लगायत बित्तीय संस्थाहरुलाई कार्यालय संचालन गर्न सजिलाे हाेस् भन्ने उदेश्यले कम्प्लेक्समा सुविधा सम्पन्न फ्ल्याटहरु निर्माण गरिएकाे छ ।
कम्प्लेक्सकाे ग्राउन्ड फ्लाेरमा भने माेबाइल तथा अन्य अाउटलेटहरु संचालनमा ल्याउन सकिनेछ ।
भवन निर्माणका सबै काम अन्तिम चरणमा पुगेकाले भाडाका लागि बुकिङ समेत खुल्ला भएको संचालक न्यौपानेले जानकारी दिनुभयो।
पुर्ण रुपमा व्यापारीक भवन भएकोले व्यवसायीहरुले आर्थिक,भौतिक देखि अन्य कुनै प्रकारको समस्या झेल्नुनपर्ने उहाँको दावी छ। थप जानकारी तथा सम्पर्कका लागि सञ्चालन न्यौपानेको  मोबाइल नम्बर ९८५१०९९६३७ मा सम्पर्क गर्न सकिनेछ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here