नेपालकै आकर्षक खेलमैदानले मन खिच्यो,अब हामी बनाउछौ रमणीय टुडिखेल : मन्त्री मगर

1626

दोलखा । खानेपानी तथा सरसफाई मन्त्री विना मगरले दोलखा सदरमुकाम स्थित टुडिखेललाई राष्ट्रिय स्तरको खेल मैदानको रुपमा विकास गर्न तत्पर रहेको बताउनुभएको छ।
प्रथम प्रकाश स्मृति कपको फाइनल खेल हेर्न शुक्रबार चरिकोट आउनुभएका मन्त्री मगरले सो कुरा भन्नुभएको हो।
“मञ्चबाट देखिएको ढुलोठुलो सिल्ड, अनि अगाडि  देखिएको धुलाम्य भएपनि फुटबल मैदान, अनि प्रकृतिक प्रणालीमा बनेको पिरामीड आकारका भित्ताहरु र त्यो भित्ताभरि भरिएको खेलप्रेमी  दोलखा बासिहरु, वरिपरि देखिएका सुन्दर हरिया पहाडहरु र अगाडिपटि देखिएको गौरीशंकर हिमशृंखलाले खेलाडि र दोलखाबासिहरुको मात्रै नभई मेरो समेत ध्यान खिएको छ।” उहाँले भन्नुभयो।
प्रसिद्ध दोलखा भीमेश्वरको मन्दिर रहेको दोलखा बजार र गौरीशंकर हिमशृङ्खलातर्फ फर्किएको मञ्चबाट मन्त्री मगरले भन्नुभयो, “धार्मिक विशेषता, प्राकृतिक सुन्दरता  र हिमालको काखमा रहेको फुटबल मैदान होला त केवल चरिकोटमा मात्रै छ।”
सुन्दर फुटबल मैदानले प्रथम प्रकाश स्मृति कप प्रतियोगितालाई मात्र हौसाएको नभई आफूलाई समेत हौसाएको बताउदै स्वर्गीय प्रकाश दहालका श्रीमती समेत रहेकी मन्त्री मगरले मैदानले भोलिका दिनमा अवसर पाउनुपर्ने र मैदानको संरक्षण र सम्बर्द्धन गरिनुपर्छ भन्ने उत्साह आफूभित्र छाएको बताउनुभयो। “तर्सथ प्रकाश स्मृति फुटबल मैदानको रुपमा टुडिखेललाई राष्ट्रिय स्तरको मैदानको रुपमा विकास गर्न हामी लाग्नेछौँ,” उहाँले भन्नुभयो।
उहाँले नेपालमै यति सुन्दर फुटबल मैदनको संरक्षण र सम्बर्द्धनका लागि दोलखाली जनताले स्वर्गीय प्रकाश दहालको परिवारलाई पनि उपयुक्त ठानेमा जस्तोसुकै अवस्थामा पनि राष्ट्रिय स्तरको प्रकाश स्मृति फुटबल मैदान बनाएरै छाड्ने प्रतिबद्धता जाहेर गर्नुभयो।
त्यसैगरी मन्त्री मगरले प्रथम प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगिताको पहिलो संस्करणको उपाधि जित्न सफल  प्लानिङ व्वाइज युनाइटेड पेप्सीकोलालाई नगद २ लाख ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको छ।
दोलखा जिल्ला फुटबल संघ दोलखालाई २–१ गोलको अन्तरमा हराउदै प्लानिङ व्वाइजले उपाधि जित्न सफल भएको थियो।
प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्ने दोलखा जिल्ला फुटबल संघले १ लाख २५ हजार नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । सेमीफाइनल पुग्ने एपिएफ क्लब र दिपशिखा युवा समुह नैकापलाई पनि ३०–३० हजार नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । दुबै टिम सेमीफाइनलमा पराजित भएका थिए ।
त्यसैगरी प्लानिङ व्वाइजका विष्णु केसीले उत्कृष्ट किपर, दिपशिखा युवा समुहका दावा शेर्पाले हाइस्कोररको उपाधि पाएका छन् । दोलखा जिल्ला फुटबल संघका विवेक बुढाथोकीले वेष्ट डिफेन्डर, हिमाल श्रेष्ठले वेष्ट स्ट्राइकर र सुजन श्रेष्ठले म्यान अफ द म्याचको उपाधि पाएका छन् । उनीहरुले जनही १०–१० हजार रुपैँया र ट्रफी पाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको स्मृतिमा रिनेजम नेपालले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको सहआयोजक दोलखा जिल्ला फुटबल संघ रहेको थियो । प्रतियोगितामा दोलखाको एकसहित विभिन्न १२ टिमले सहभागिता जनाएको थियो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here