प्रथम प्रकाश स्मृति कपको उपाधि प्लानिङ व्वाइजलाई

440

चरिकोट (दोलखा), मंसिर ७ गते । दोलखा सदरमुकाम चरिकोटमा भएको सर्वाधिक पुरस्कार राशिको ‘प्रथम प्रकाश स्मृति कप’को उपाधि प्लानिङ व्वाइज युनाइटेड पेप्सीकोलाले जित्न सफल भएको छ ।
शुक्रबार भएको फाइनल खेलमा सह–आयोजक टिम दोलखा जिल्ला फुटबल संघलाई २–१ ले हराउँदै प्लानिङ व्वाइज उपाधि जित्न सफल भएको हो ।
जितको लागि प्लानिङ व्वाइजको तर्फबाट खेलको पहिलो हाफको ९ मिनेटमै ४ नम्बर जर्सीका विदेशी खेलाडी काँछीले १ गोल र २७ मिनेटमा अर्का जर्सी नम्बर २० का विदेशी खेलाडी पिटर सेगुनले १ गोल गरेका थिए ।
पहिलो हाफकै २९ मिनेटमा दोलखा जिल्ला फुटबल संघको तर्फबाट जर्सी नम्बर १५ का हिमाल श्रेष्ठले १ गोल फर्काए पनि बाकी समय दुबैपक्षको गोल हुन सकेन।
जीतसंगै प्लानिङ बोइज युनाइटेडलाई २ लाख ५० हजार नगद सहित सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक संस्था रिनेजम नेपालका अध्यक्ष लोपसाङ लामाले जानकारी दिनुभयो ।
त्यसैगरि द्वितीय भएका दोलखा जिल्ला फुटबल संघले १ लाख २५ हजार र सेमिफाइनलमा पुगेका एपिएफ क्लब र दिपशिखा युवा क्लब नैकापले ३०–३० नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् ।
प्रतियोगिताका उत्कृष्ट किपर विष्णु केसी प्लानिङ व्वाइज, उत्कृष्ट डिफेन्डर विवेक बुढाथोकी दोलखा जिल्ला फुटबल संघ, उत्कृष्ट स्टाइकर हिमाल श्रेष्ठ दोलखा जिल्ला फुटबल संघ, म्यान अफ द टुर्नामेन्ट सुजन श्रेष्ठ दोलखा जिल्ला फुटबल संघ र हाई स्कोरर दावा शेर्पा दिपशिखा युवा क्लब नैकापलाई नगद १०–१० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
पुस्कार प्रदान गर्दै खानेपानी तथा सरसफाई मन्त्री विना मगरले समृद्ध नेपाल र सुखी नेपालीको लागि पनि खेलाडीहरुमा जस्तै आत्मविश्वास, संकल्प, जुझारु र राष्ट्रियभाव हुनुपर्ने भन्नुभयो ।
‘देशका हरेक युवाहरूलाई खेलकुदमा आबद्ध गराई समृद्ध नेपलका लागि अघि बढाउनुको विकल्प छैन् ।’ उहाँले भन्नुभयो । गौरीशंकर हिमालको काखमा रहेको टुडिखेललाई नेपालकै उत्कृष्ट खेल मैदान बनाउन सकिने बताउदै मन्त्री मगरले साथ सहयोगको लागि प्रतिबद्धता समेत जाहेर गर्नुभयो । नेकपाका अध्यक्ष एवँ पूर्वप्रधानमन्त्री प्रचण्डले मंसिर १ गते उद्घाटन गर्नुभएको प्रकाश स्मृति कप फुटवल प्रतियोगितमा देशभरबाट १२ वटा उत्कृष्ट टिमले सहभागीता जनाका थिए ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here