सरकार पानी माथिको ओवानोबाट मुक्त छ : मन्त्री अधिकारी

246

चरिकोट (दोलखा), मंसिर २ गते । नेपाल सरकारको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सरकार पानी माथिको ओवानोबाट मुक्त रहेको बताउनुभएको छ ।
राष्ट्रिय विभूति शंखधर साख्वाःको मूर्ति अनावरण गर्न आइतबार सदरमुकाम चरिकोट पुग्नुभएका मन्त्रि अधिकारीले वर्तमान सरकार छ महिना, आठ महिन, नौँ महिनामा ढाल्दै, ढल्दै एकले अर्कोलाई दोष दिएर फेरि पानी माथिको ओवानो वन्ने परम्पराहरुबाट मुक्त रहेको प्रष्ट पार्नुभयो ।
लामो समयको संक्रमण र अव्यवस्थाबाट नेपाली जनताले राजनीतिक स्थायीत्वको लागि नेपाल कम्युनिष्ट पार्टीलाई अत्याधिक समर्थन दिएर सरकार बनेको हुँदा जिम्वारीपुर्वक र जनताको जानादेश अनुसार काम गरिरहेको बताउदै उहाँले यदि केहि कमजोरी भएमा पुर्ण जवाफदेहि र जिम्मेवार रहेको समेत भन्नुभयो । “सरकारले धेरै लामो समयसम्मका फोहरका डंगुर फ्याकिरहेको छ, मुलुकको अर्थतन्त्रको खाल्टो पुरीरहेको छ , अव्यवस्थालाई व्यवस्थामा ल्याउदैछ,” उहाँले भन्नुभयो, “यो मुलुकको आर्थिक बिकास र समृद्धिका लागि गालिगलौज, आरोप प्रत्यारोप नगरी मिलेर सरकारसंगै अगाडि बढ्नुपर्ने समय आएको छ ।”
यो सरकार आईसकेपछिको सम्पुर्ण जिम्बेवारी नेपाल कम्युनिष्ट पार्टीले लिने बताउदै मन्त्री अधिकारीले स्थानीय, प्रदेश र संघीय सरकारले मुलुकमा समृद्धिको लहर ल्याउदै शुखी नेपाली बनाएरै छाड्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
मुलुकको आर्थिक वृद्धिदर ६ प्रतिशत भन्दा माथि गईरहको र राजस्व संकलन ३० प्रतिशत भन्दा बढि भएकोले पनि मुलुकमा समृद्धिका सकारात्मकका बत्तिहहरु बलेको दावी उहाँले गर्नुभयो । निर्मला पन्त घट्नामा सरकार संवेदनशील रहेको बताउदै मन्त्रि अधिकारीले उक्त एउटै मात्र घट्नाले सबै कुराको मुल्याङ्कन गर्न नहुने समेत भन्नुभयो । घट्नाका दोषिहरु छिट्टै कार्वाहिको दायारामा आउने समेत उहाँले जिकिर गर्नुभायो ।

मन्त्री अधिकारीले देशमा ३४ प्रतिशले पर्यटनको संख्या बढेको र राष्ट्रिय गौरवका आयोजनाहरु धमाधम पुरा हुँने क्रममा रहेकोले पनि नेपालले अव छिट्टै आर्थिक विकासमा गती लिने ठोकुवा गर्नुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here