योङ्ग स्टार डान्स कम्पिटिसनको टप १० मा पर्न सफल दोलखाली टँसीको कार्यक्रम भब्य

512

चरिकोट । योङ स्टार डान्स कम्पिटिसन सिजन – ७ को टप १० मा पर्न सफल दोलखा, गौरीशंकर गाउँपालिका – ७ मार्वुका १३ वर्षीय टँसी शेर्पाको भोटको लागि गरिएको सांगीतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।
जनता टेलिभिजनमा बुधबार ८:४५ बजे प्रसारण हुने ‘रियालिटी सो’ योङ्ग स्टार डान्स कम्पिटिसनमा देशभरबाट छानिएका २२ जना प्रतियोगी मध्ये १२ जनालाई  आफ्नो नृत्य कौशलले उछिन्दै टप १० मा पुगेका टँसीलाई भोटका निम्ति सदरमुकाम चरिकोट स्थित पावन होटल प्रांगणमा शनिवार (आज)  सांगीतिक कार्यक्रम राखिएको थियो।
टँसी शेर्पालाई योङ्ग स्टार डान्सका विजेता बन्न नृत्य संगसंगै भोटको समेत आवश्यकता पर्ने भएकोले भोटका निम्ति सबै जनतालाई थहा दिलाउन द- राईजिङ स्टार स्कुलको आयोजनामा सांगीतिक  कार्यक्रम राखिएको बुबा निमा शेर्पाले जानकारी गराउनुभयो ।
उहाँका अनुसार टँसीलाई YSD_11 टाईप गरि NTC, NCELL बाट 38000 मा Message सेन्ड गर्नुपर्नेछ ।
कार्यक्रमा टप १० मा परेका प्रतियोगीहरुले नृत्य देखाउनुका साथै ल‌ैवरी सिंगिङ स्टारका प्रतियोगीहरुले सांगीतिक माहोल तताएका छन्।
प्रतियोगी टँसिलाई सहयोग स्वरूप प्रतिनिधि सभा सांसद पार्वत गुरुङले २५ हजार नगद प्रदान गरेको छ भने, गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयम् बहादुर खड्काले ब्यक्तिगत नगद पाँच हजर र गाउँपालिकाको तर्फबाट २५ हजार गरि एक मुस्ट ३० हजार प्रदान गरेको छ।
त्यसैगरि प्रेम कुमारी चौलागाईं एक हजार, दाव शेर्पा १० हजार, पासाङ शेर्पा १५ हजार, डिएन लामा ५ हजार बु धविर शेर्पा १० हजार प्रदान गरिएको छ।
चरिकोट स्थित द-राईजिङ स्टार बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत टँसिले स्थानीय स्तरका विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी जनाएर आफ्नो नृत्य कौशल देखाईरहेकै हुन्छन् । तर पहिलोपटक राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिई टप १० मा पर्न सफल टसिलाई आगामी दिनमा सम्पुर्ण दोलखालीहरुले भोटीङ मार्फत अगाडि बढ्न सहयोग गर्नुपर्ने हुन्छ। योङ्ग स्टार डान्स  कम्पिटिसनका प्रतियोगी टँसीलाई कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म भोट गर्न सकिनेछ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here