एक उदयमान, एक प्रतिभावान भन्दै प्रचण्ड रोयपछि

1421

दोलखा। ‘प्रचण्ड’ नामै काफी छ। प्रचण्डको मतलब ज्यादै चर्को स्वभाव। ज्यादै खरो। कसैसँग नदब्ने, नडराउने मात्रै नभई साहसी पनि। यस्तै-यस्तै गुण भएका चितवनका पुस्पकमल दहाल एकाएक ‘प्रचण्ड’ भई देशमा ठुलै उथलपुथल गराउन सफल पनि भए। १० वर्षे जनयुद्ध  र २०६२/०६३ को जनआन्दोलनको बलले मुलुकमा धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई संस्थागत हुने बाटोमा अगाडि पनि बढ्ने क्रममै छ।
तर तिनै निडर शक्तिवान प्रचण्डले आज एकाएक भावुक भई आँखा भरि टिलपिट आँसु पारेर एक उदयमान, एक प्रतिभावान  भन्ने वाक्य उच्चारन गरेका छन्।
शनिबार सदरमुकाम चरिकोट स्थित टुडिखेलमा एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले भित्री मनदेखिको पीडालाई आँसुको ढिक्का र  रोदनमा परिणत गर्दै एक उदयमान, एक प्रतिभावान भनेका हुन।
ती एक उदयमान तथा प्रतिभावान  अरु कोहि नभएर पुर्व प्रधानमन्त्री समेत रहेका पुष्पकमल दहाल प्रचण्डका स्वर्गीय पुत्र प्रकाश  दहाल थिए ।
प्रथम प्रकाश स्मृति कप राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष दहालले एक उदयमान र प्रतिभावान युवाको असामयिक निधन राष्ट्रको लागि अकल्पनीय क्षेती भएपनि प्रकाशकै स्मृतिमा गरिएको प्रतियोगिताले एउटा परिपक्व हुदै गएको युवा प्रतिभालाई सम्मान गर्ने काम गरेको भन्नुभयो । “खेल मार्फत एउटा राष्ट्रले आफ्नो पहिचान बनाउछ, स्वस्थ अनुशासित जनशक्ति  तयार गर्छ,” उहाँले भन्नुभयो, “खेलले राष्ट्रमा एकता पैदा गर्छ।”
अनुशासन पहिचान र समृद्धिको सपना साकार पार्ने शक्तिशाली माध्यम भनेकै खेलकुद भएको बताउदै अध्यक्ष प्रचण्डले सरकारले खेलकुद क्षेत्रलाई विशेष ढंगले बिकास गर्दै लैजाने भन्नुभयो । उहाँले खेलकुद देखि दोलखा जिल्लाको समग्र  बिकासका लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी माओवादीका तत्कालीन पोलिट ब्युरो सदस्य तथा सगरमाथा आरोही स्वर्गिय प्रकाश दहालको २०७४ साल मंसिर ३ गते हृदयाघातबाट असामयिक निधन भएको थियो ।
एक वर्ष अघिको सो समयमा आफुहरु पार्टीको एकता गर्ने योजना सहित प्रदेश सभा तथ प्रतिनिधि सभाका लागि संयुक्त चुनावी सभाको अभियानमा झापामा रहेको बताउदै अध्यक्ष दहालले सो सभाबाट फर्कने क्रममा प्रकाश दहालको निधन भएको दुःखद् खबर सुनेको भन्नुभयो।
उक्त निर्वाचनमा विजयी भएर आज एउटा बलियो सरकारको नेतृत्व गरिरहेको बताउदै पुर्व प्रधानमन्त्री दहालले पार्टी एकता गरी देशको शक्तिशाली पार्टी  निर्माण गरेर अन्तिम रुप दिने तयारीमा रहेको बताउनुभयो।
अध्यक्ष दहालले मैदानमै पुगेर फुटबल खेलाडीलाई बल हस्तान्तरण गरेपछि सह- आयोजक दोलखा जिल्ला फुटबल संघ र द-ओसन क्लब गोरखाबीच भएको पहिलो खेलको  निर्धारित समयमा १- १ को बराबरीमा खेल भएपछि ट्राइब्रेकरमा द‍ोलखा जिल्ला फुटबल संघले ५-४ ले जित हासिल गरेको छ।

मंसिर ७ गतेसम्ममा चल्ने प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ५० हजार, द्धितिय हुने टिमले १ लाख २५ हजार र तृतिय हुने दुई वटा टिमले ३०/३० नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगितामा उत्कृष्ट हुने किपर, डिफेन्डर, स्टाइकर, हाई स्कोरर, म्यान अफ द टुर्नामेन्टलाई नगद १०/१० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।
पुर्नसँगठित नयाँ सामाजिक शैक्षिक अभियान (रिनेजम नेपाल) को आयोजना तथा दोलखा जिल्ला फुटवल संघको सह-आयोजनमा हुन हगईरहेको प्रतियोगितामा देशभरबाट १२ वटा उत्कृष्ट टिम सहभागी छन् ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here