नेपालकै पहिलो बैंकको वार्षिकोत्सब चरिकोटमा

240

दोलखा  । विक्रम संवत् १९९४ साल कात्तिक ३० मा स्थापना भएको नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले देशैभर ८२ अौँ वार्षिकोत्सब मनाइरहदा चरिकोट शाखाले पनि वार्षिकोत्सब मनाएको  छ।
सदरमुकाम चरिकोट बीच बजार स्थित नेपाल बैंकको कार्यलयमा शुक्रबार (आज) एक कार्यक्रम गरि बैंकको वार्षिकोत्सब मनाईएको हो।
चरिकोट स्थित निजि तथा सरकारी बैंक, विमा र व्यापारीहरुको माझ केक काट्नुका साथै चियापान गरेर वार्षिकोत्सब मनाइएको बैंकका शाखा प्रबन्धक विदुर बिक्रम थापले जानकारी दिनुभयो ।
सुरुवाती चरणदेखि हालसम्म आइपुग्दा चरिकोटको नेपाल बैंकले पनि ठुलै फड्को मारेको उहाँको भनाई छ। बैंकले हाल अाधुनिक प्रविधिलाई अंगाल्दै एटीएम, सि आस्वा, मोबाइल बैंकिङ, ई – बैंकिङ लगाएतका सेवा प्रवाह गरेको छ।
आर्थिक वर्ष २०७४-०७५ को अन्त्य सम्ममा  १ अर्व ३३ करोड ( चल्ती , बचत, मुद्दती) निक्षेप संकलन गर्न सफल बैंकले एक अर्व ७ करोड बराबरको कर्जा प्रवाह गरेको छ । बैंकले हाल कृषि, व्यापार, शैक्षिक, व्यक्तिगत, घर लगाएतका क्षेत्रमा  कर्जा प्रवाह गरेको शाखा प्रवन्धक थापाले प्रष्ट पार्नुभयो।
उत्कृष्ट सेवा सुविधाकै कारण चरिकोट शाखा देश भरिको शाखा बैंक मध्ये स्मार्ट शाखाको रुपमा टप २५  भित्र परेको समेत उहाँले बताउनुभयो।
स्मार्ट प्रविधिबाट बैंक छिट्टै सञ्चालनमा अाउने बताउदै शाखा प्रबन्धक थापाले जिल्लाबासिले डिजिटल अाउटलुकको सेवा केही महिनाबाटै पाउन सक्ने गरि काम गराउन आफू लागिपरेको भन्नुभयो ।
बैंकको चरिकोट शाखाले गत आर्थिक वर्षको अन्त्य सम्ममा ८ करोड ३२ लाख नाफा कमाउन सफल भएको छ। बैंकले हाल मुद्दतीमा १० प्रतिशतसम्म ब्याज र १० देखि १३ प्रतिशत सम्म व्याजमा कर्जा लगानी गर्दै आएको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here