हिलाम्मे,धुलाम्मे टुडिखेल चिरिच्याट्ट बन्दै

534

दोलखा । बर्षौदेखि हिलाम्मे र धुलाम्मे अवस्थामा रहेको जिल्लाकै एक मात्र खेल मैदानको रुप अहिले भने परिवर्तन हुन थालेको छ।
विकसित देशहरूमा ठुल्ठुला अस्पतालको दाजोमा खेल मैदान बढि पाइने गरेपनि वर्षौसम्म आन्तरिक द्वन्दमा फसी भर्खर-भर्खरै समृद्धिको नारालाई अघि सारेर अगाडि बढेको नेपालमा पनि उक्त कार्यको थालनी भएको होकी भन्ने आभास यो खेल मैदानमा देखिएको सुधारका कामहरुले प्रष्ट्याउन खोजिएको देखिन्छ।
त्यसैगरी सधैं सिकारु मोटरसाइकल, स्कुटर, गाडी र आहलमा बसेका पशु चौपायासंग जुद्दै फुटबल,भलिबल, क्रिकेट लगाएतका खेल खेल्दै आएका खेलाडीहरुले पनि अब टुडिखेलमा उक्त समस्या झेल्नुपर्ने स्थिति नरहने लगभग पक्का छ।
किनभने अब यहाँ कोहिकसैले चाहिर पनि मोटरसाइकल, स्कुटर, गाडि तथा गाई,भैंसी लान सक्नेवाला छैन्। यहाँ अहिले धमाधम पक्की तारबार लगाउनुका साथै खेल मैदानलाई चारैतिर बराबरी सतहमा सम्याउने काम भईरहेको छ।
अखिल नेपाल फुटबल संघको सहयोगमा जिल्ला फुटबल संघले अहिले टुडिखेलमा धमाधम स्तरउन्नतीका कामहरू गरिरहेको छ।
खेलमैदान स्तरउन्नत तथा ग्रासरुट कार्यक्रम अन्तर्गतबाट आएको १० लाख  रकमले उक्त काम अघि बढाईएको जिल्ला फुटबल संघ दोलखाका अध्यक्ष गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । “यो पटक खेलमैदनलाई सबैतिर बराबरी सतहमा सम्याउनुका साथै भित्ता पट्टीको भागमा तार जाली लगाउने काम गरेका हौं ,” उहाँले भन्नुभयो, ” निर्वाचित भएर आएपछि मेरो चुनौती भनेकै खेल मैदान र फुटबल खेल थियो, त्यस्लाई विस्तारै लयमा ल्याउने काम हुँदैछ।”
तारबारपछि संभवत टुडिखेलमा कुनै मोटरसाइकल, स्कुटर, गाडी तथा पशुचौपाया कुद्न नसक्ने जिकिर गर्दै अध्यक्ष श्रेष्ठले त्यस्तो गरेको पाइएमा कानुन बमोजिम कार्वाही गर्ने भन्नुभयो ।
त्यसैगरि भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसीले पनि दोलखाकै एक मात्र खेलमैदान जिल्लाकै सान भएको बताउदै यो आर्थिक वर्षमा नगरपालिकाले खेल मैदानका लागि ५० लाख छुट्याएको बताउनुभयो । छिट्टैनै टेन्डर मार्फत काम गराई टुडिखेललाई आकर्षक बनाउने प्रतिबद्धता समेत उहाँले जाहेर गर्नुभयो।
यहीँ खेल मैदानमा मंसिर १ गतेदेखि ७ गतेसम्म सर्वाधिक पुरस्कार  राशीको पुटबल प्रतियोगिता पनि हुँदै छ।
नेपाल कम्युनिष्ट पार्टी माओवादीका तत्कालीन पोलिट ब्युरो सदस्य तथा सगरमाथा आरोही स्वर्गिय प्रकाश दहालको स्मृतिमा हुन गइरहेको सर्वाधिक राशिको ‘प्रथम प्रकाश स्मृति कप’ राष्ट्रिय फुटवल प्रतियोगिता प्रथम हुने टिमले २ लाख ५० हजार, द्धितिय हुने टिमले १ लाख २५ हजार र तृतिय हुने दुई वटा टिमले ३०/३० नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा उत्कृष्ट हुने किपर, डिफेन्डर, स्टाइकर, हाई स्कोरर, म्याद अफ दि टुर्नामेन्टलाई नगद १०/१० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।
पुर्नसँगठित नयाँ सामाजिक शैक्षिक अभियान (रिनेजम नेपाल) को आयोजना तथा दोलखा जिल्ला फुटवल संघको सह-आयोजनमा हुन हगईरहेको प्रतियोगितामा देशभरबाट १२ वटा उत्कृष्ट टिम सहभागि हुने भएको छ।
प्रतियोगिता आयोजना गर्न करिव ४४ लाख खर्च लाग्ने आयोजक सँस्थाको अनुमान छ । प्रकाश स्मृति कप फुटवल प्रतियोगिताको नेकपाका अध्यक्ष एवँ पूर्वप्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने र समापन स्वर्गिय प्रकाशकी श्रीमती एवँ खानेपानी तथा सरसफाई मन्त्री विना मगरले गर्ने कार्यक्रम तय भएको संयोजक मिनकुमार शिवाकोटीले जानकारी दिनुभयो । उद्घाटन र समापन कार्यक्रममा राष्ट्रिय कलाकारहरुको साङ्गितिक प्रस्तुती र स्थानीय झाँकि समेत प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here