अमेरिका बस्ने दोलखाली चेलीको सहयोगमा अनाथ बालबालिकाले पाए न्यानो कपडा

651

दोलखा ।भीमेश्वर नगरपालिका वडा नम्बर -२ दोलखा घर भई हाल अमेरिका बसोबास गर्दै आएकी एक चेलीको सहयोगमा अनाथ बालबालिकाहरुले जाडो छेक्ने न्यानो कपाडा पाएका छन्। नगरपालिकाको  वडा नम्बर -५ स्थित गौरीशंकर बालगृहका २४ जना अनाथ बालबालिकालाई लामो समयदेखि अमेरिका बस्दै आएकी पद्मा प्रधानले ५० हजार बराबरको जकेट, तथा टोपी लगाएतका कपडा प्रदान गरिएको छ ।
सामाजिक कार्यमा अग्रसर उज्यालो भविष्य संस्थाको पहलमा संकलित उक्त सहयोग सामाग्रीलाई बुधबार एक कार्यक्रमका माझ प्रमुख अतिथि जिल्ला न्यायाधीश तेज बहादुर खड्का मार्फत हस्तान्तरण गरिएको उज्यालो भविष्य संस्था दोलखाका अध्यक्ष राजन बस्नेतले जानकारी दिनुभयो।
सहयोग सामाग्री हस्तान्तरण गर्दै न्यायाधीश खड्काले बालबालिकाहरु भविष्यको कर्णधार भएकोले राज्य बालबालिका प्रति जिम्मेवार बन्नुपर्ने बताउनुभयो।
बालबालिकाहरुको लागि कानुनले समेत सम्मानजनक स्थान प्रदान गरिएकोले उनिहरुको हकअधिकारको संरक्षण तथा सम्बर्द्धन  गर्नुपर्ने बताउँदै न्यायाधीश खड्काले बालबालिकाहरुका लागि घरदेखी बिद्यालयसम्म शान्ति क्षेत्र बनाइनुपर्ने भन्नुभयो।
“अनाथ बालबालिका मात्रै नभई देशमा बढ्दै गएको पारिवारिक कलह, झगडा र पारपाचुकेका घट्नाले पनि बालबालिकाहरुको मानसिकतामा गम्भीर असर पुगेको छ।” उहाले भन्नुभयो, ” सरकार मात्रै नभई देशका नागरिक समाज,बुद्धिजीवी, पत्रकार, व्यक्ति, संघसंस्था लगाएत सबैले बालबालिकाहरुको हकहितमा सहयोग गर्नुपर्छ।”
गौरीशंकर बालगृह प्रांगणमा भएको कार्यक्रममा बोल्दै नागरिक समाज दोलखाका अध्यक्ष दीपशंकर चौलागाईंले बाल गृहको कमजोर व्यवस्थापनबाट बालगृहका बालबालिकाहरुले समस्या भोगेको बताउनुभयो ।
स्थानीय सरकार, संघसंस्था देखि सबै मिलेर जिल्लाकै एक मात्र बालगृहलाई नयाँ र व्यवस्थित तवरले सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
गौरीशंकर बाल गृह निदरल्याण्डस अन्तर्राष्ट्रिय बालकल्याण संगठन तथा नेपाल बाल संगठनको संयुक्त सहयोगमा २०५३ साल कात्तिक ३० गते शुक्रबारदेखि सञ्चालनमा आएको हो।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here