हचुवाको तालमा गाउँपालिका चलाउँदा संघियता धरापमा : पुर्व अर्थराज्य मन्त्री राणा

177

चरिकोट । पुर्व अर्थराज्य मन्त्री एवम् नेपाल तरुण दलका पुर्व सभापति उदय शमशेर राणाले गाउँपालिका, वडा तह र प्रदेश सरकार अलमलमा पर्दा संघियता असफल हुने खतरा बढेको बताउनुभयो ।
उहाँले बर्तमान कम्युनिस्ट सरकारले गाउँपालिका र प्रदेश सरकारलाई सहि दिशामा ढोर्याउने बित्तिय आयोग गठन गर्न नसकि गैरजिम्मेवार बन्दा संघीयतानै धरापमा पर्ने खतरा उत्पन्न भएको भन्नुभयो ।
तिन दिने निशुल्क सामुदायिक आँखा शिविर तथा महिलाहरुको पाठेघरको चेकजाँच कार्यक्रमलाई उद्घाटन गर्दै पुर्व अर्थराज्य मन्त्री राणाले संबिधानमा स्थानिय सरकारलाई सिंहदरबारको अधिकार दिएपनि संघिय सरकारले स्थानिय सरकारलाई सहयोग नगरेको दावी गर्नुभयो।
“सरकारको काम गराई चुस्तदुस्त नभएकै कारण जनता दोहोर करको मारमा परेको छ,” उहाँले भन्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि राणाले नेपाल तरुण दल दोलखाका नेता एवम ह्याण्ड्स फर नेपालका अध्यक्ष कुमार अधिकारीको पहलमा दोलखाका गाउँगाउँका नागरिकले स्वस्थ सेवा पाएकोमा गर्व लागेको बताउनुभयो ।
बिशेष गरि आँखा र महिलाहरुको पाठेघर सम्बन्धि रोगहरुको अत्याधुनिक प्रविधिबाट उपचार गर्न कार्यक्रम राखिएको ह्याण्ड्स फर नेपालका अध्यक्ष कुमार अधिकारीले जानकारी दिनुभयो ।
वैत्यश्वर गाउँपालिकाका नाम्दु, मिर्गे, क्षेत्रपा, काभ्रेदेखि जिरी नगरपालिका र तामाकोसी गाउँपालिकाका केही गाउँलाई समेत लक्षित गरि शिविर आयोजना गरिएको अायोजक वैत्यश्वर गाउँपालिकाले जनाएको छ।
शिविरमा बरिष्ठ आँखारोग बिशेषज्ञ डाक्टर कमल खड्का सहितको ६ सदस्यीय टोलिले आँखा परिक्षण गर्ने र विशिष्ट गाइनोलोजिस्ट शृङ्खला भट्टराई सहितको ५ सदस्यीय टोलीले महिलाको पाठेघरसम्बन्धि रोगहरुको जाँच र उपचार सुरु गरेको बैतेश्वर गाउँपालिका उपप्रमुख रविचन्द्र आचार्यले जानकारी दिनुभयो  ।
गाँउपालिकाको वडा नम्बर – १ गैरीमुदि स्थित स्वस्थ चौकी भवनमा आज देखि २८ गते सम्मका लागि सञ्चालनमा आएको  स्वास्थ जाँच शिविर गाउँपालिकामा हालसम्मकै ठुलो स्वस्थ्य जाँच शिविर भएको बताउदै उपप्रमुख आचार्यले सबै गाउँपालिकाबासीसँगै अन्य दोलखालीलाई शिविरबाट लाभा लिन अनुरोध गर्नुभयो।
निशुल्क स्वस्थ्य जाँच कार्यक्रममा आँखाको मोतीया विन्दुको अप्रेसन, माईनर आँखा ईन्फेक्सन, चोटपटक हेरी उपचार गर्नुका साथै ४ प्रकारको अौषधी निशुल्क प्रदान गरिनेछ भने महिलाहरुको पेट सम्बन्धि रोग जाँच गर्नुका साथै ७५ प्रकारका अौषधिहरु निशुल्क प्रदान गरिनेछ ।
ह्याण्स फर नेपालको वित्तिय व्यवस्थापनमा भएको कार्यक्रमको पहिलो दिन नै १८ जनाको आँखाको अप्रेसन गरिएको छ। शिविर २८ गतेसम्म चल्नेछ।
ह्याण्स फर नेपालले यस अघि पनि दोलखाका विभिन्न ग्रामिण बस्तीहरुमा शिविर आयोजना गर्दै आइरहेको छ ।
संस्थाका अध्यक्ष अधिकारीले दोलखालीहरुको आवश्यकतालाई मध्यनजर गर्दै अन्य ठाउँहरुमा पनि स्वास्थ्य शिविर आयोजना गरिने जानकारी दिनुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here