समाजसेवीहरुको सम्मान गर्दै उज्यालो भविष्य

209

दोलखा । बालबालिका र युवाहरु लक्ष्यित कार्यक्रम सञ्चालन गर्दै आएका उज्यालो भबिस्य दोलखाको दोस्रो बार्सिक साधरण सभा आईतवार सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ ।
सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला  न्यायाधीश कमलराज विष्टले गर्नुभएको थियोे।
राजन बस्नेतको अध्यक्षतामा सम्पन्न सभामा भिमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत, पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष जीवन लामा, बाल संगठनका दोलखाका सभापति राकेश श्रेष्ठ ,  सामुदायिक मेलमीलाप केन्द्र दोलखाका अध्यक्ष स्टालीन श्रेष्ठ लगायतले मनतव्य राख्नुभएको थियो ।
कार्यक्रममा पत्रकारिता मार्फत बालबालिकाको क्षेत्रमा सहयोग पुर्‍याएको भन्दै उज्यालो भविष्य दोलखाले पत्रकार गोकर्ण  भण्डारीलाई नगद ५ हजार  सहित सम्मान पत्रले सम्मान गरेको छ।
त्यसैगरी संस्थाले बालबालिकाको क्षेत्रमा सहयोग गर्ने दोलखा सामुदायिक अस्पतालका अध्यक्ष अमृत बहादुर  बुढाथोकी, दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्की र व्यवसायी भरत श्रेष्ठलाई समेत सम्मान गरेको छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here