लक्ष्मी पूजाका सामानले पूजा पसलमा राैनक (फाेटाे फिचर)

124

चरिकोट । लक्ष्मी पुजाका सामानले चरिकोटका पसलहरु झकिझकाउ बनेका छन् ।
चरिकोटका पसलहरुमा तिहारका विभिन्न सामानहरुले सजाईएका हुन् । लक्ष्मी पुजा र तिहारका रङ्गिबिरङ्गी सामानहरु पसलभरी सजाईएका छन् ।
दोलखाको सदरमुकाम चरिकोट स्थित बिचबजारमा रहेको खतिवडा गुरुको पूजा सामाग्री भण्डार लक्ष्मी पूजाका सामानले सजिएको छ ।
उक्त पसलमा आईतबार पुग्दा लक्ष्मी पूजाका आकर्षक सामानहरु सजिएका थिए । राजधानीमा मात्र पाईने आकर्षक सामानहरु अघिल्लो बर्षबाट पसलमा पाईन थालिएको सञ्चालक रामप्रसाद खतिवडाले जानकारी दिए ।
उनका अनुसार पसलमा लक्ष्मीपूजाका लागी ग्राहकहरुलाई लक्षित गरेर माटाका पाला, आकर्षक बुट्टे पालाहरु, धुपौरो, लक्ष्मी र गणेशका मुर्तीहरु, तामाका भाडाँहरु, गुणस्तरिय अबिर, केसरी, लक्ष्मीका पाईला, चुनरी,  तामाको दियो, तामाका थाली, तामा कलश, सहित तामाका बिभिन्न भाडाँकुडा, झिलिमिलिका सामानहरु, मैनबत्ती, नेपाली तथा विदेशी ब्राण्डका बिभिन्न सुगन्धीत धुपहरु, कपुर बत्ती, काटेको बत्ती, रङ्गोलीको रङ, सप्तरङ्गीका रङहरु, सहित लक्ष्मी पूजाका दिन आवश्यक पर्ने हरेक पूजा सामाग्रीहरु सुपथ मुल्यमा उपलब्ध छ ।
उक्त पुजा पसल चरिकोटको सातदोबाटो चोकबाट भेटनरी चोक पुगेर पशुपतिडाँडा तर्फ अगाडी बढ्दा ३५ मिटर अगाडी दायाँ पट्टी रहेको छ ।
खतिवडा गुरुको पूजा सामाग्री भण्डार, धार्मिक संस्कार अनुसारका सबै पूजा सामानहरु एकै स्थानबाट पाईने जिल्लाकै पहिलो पूजा पसल रहेको खतिवडाले जानकारी दिए ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here