भवन निर्माणलाई भीमेश्वरको सहयोग

121

नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको भवन निर्माणको लागि भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाले सहयोग गरेको छ । तामाकोशी गाउँपालिका वडा नम्बर १ भीरकोटमा अवस्थित सहकारीले महासंघको भवन निर्माणको लागि १० हजार सहयोग गरेको छ ।
भीमेश्वर साकोसको २३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा संस्थाले गरेका गतिविधिहरुको बारेमा जानकारी दिएका थिए । संस्थाले हालसम्म गरेका कार्यहरुको बारेमा अध्यक्ष श्यामकाजी कटुवालले जानकारी दिनुभएको थियो । सेयर सदस्यको लागि संस्थाले सदस्य सुरक्षा कोष सेवा, मनी ट्रान्सफर सेवा, सदस्यहरुलाई शिक्षा तथा तालिम, लघु वित्त सेवा, विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति र उच्च शिक्षा छात्रवृत्ति, किरिया खर्च, दैवी प्रकोप सहयोग, ज्येष्ठ सदस्य सम्मान र भीमेश्वर सुत्केरी सहारा कार्यक्रमहरु दिदैं आएको छ ।
यस कार्यक्रमबाट सेयर सदस्यहरुमा आर्थिक र सामाजिक परिवर्तन आएको बताएका छन् । वित्तीय अनुशासन कायम हुनु जसको कारणबाट सदस्यहरुले खाई नखाई जम्मा गरेको बचत र शेयर रकममा कुनै प्रकारको जोखिम नहुनु, विभिन्न कार्यक्षेत्रमा गएर सेवा प्रवाह गर्नु जसको कारणले सदस्यहरुले बचत गर्न र आपतकालिन अवस्थामा ऋण लिने सेवा प्राप्त गर्नु । सदस्यहरुलाई आधुनिक सेवा प्रवाह गर्नु यस सहकारीले भूमिका खेल्दै आएको छ ।
नेकपाका प्रदेश ३ का सचिव तथा पूर्व पर्यटनमन्त्री आनन्द प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वैत्यश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्य, दोलखा बचत संघका अध्यक्ष जिवसराज खड्का, शैलुङ सञ्चार सहकारीका अध्यक्ष शिवप्रसाद भण्डारी, जिल्ला बचत संघका अतामाकोशी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष महेश्वर काफ्ले, दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्की, नेपाली काँग्रेस जिल्ला कार्यसमिति दोलखाका कुमार भुजेल र नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामाले संस्थाले चालेका कार्यहरुको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here