केशव स्थापितको मन्त्री पद चेट

247

हेटौंडा । प्रदेश नम्बर -३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन्।
भौतिक पूर्वाधार मन्त्रालयको काम केही नभएको र १७ अर्व वजेट भएको मन्त्रालयको प्रगति नदेखिएको विषयमा
छलफल हुँदा स्थापित र पौडेलबीच बुधबारको  मन्त्रिपरिषद बैठकमा चर्चाचर्की नै भएको थियो ।
त्यसपछि मुख्यमन्त्री पौडेल स्थापितलाई हटाउने निश्कर्षमा पुगेका थिए । संविधान अनुसार मुख्यमन्त्रीले मन्त्री हटाउन सक्ने प्रावधान रहेको छ।
मी टू अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारीबाट आरोप खेपिरहेका स्थापितले मन्त्रिपरिषद् बैठकमा मुख्य मन्त्रीसंगै अभद्र व्यवहार गरेपछि उनको पद थप  संकटमा  पेरेको थियो।
पटक–पटक सम्झाउँदा पनि स्थापित नसुध्रिएपछि उनलाई हटाइएको स्रोतलेे बतायो  ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here