संरक्षित वन्यजन्तु सालकको खपटा सहित रामेछापका एक युवा पक्राउ

115

दोलाखा १४ कात्तिक । दोलखा प्रहरीले सक्रियता बढाएसंगै २ के.जी ६ सय ग्राम दुर्लभ वन्यजन्तु सालकको खपडा सहित एक युवालाई तामाकोशी गाउँपालिका वडा नम्बर–५ किर्नेटारबाट पक्रउ गरिएको छ ।
पक्राउ पर्नेमा रामेछाप गोकुलगंगा गाँउपालिका वडा नम्बर–५ का २० वर्षीय प्रल्हाद खड्का रहेको दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले जानकारी दिनुभयो ।
संरक्षित वन्यजन्तु सालकको खपडा बिक्री बितरणको लागि लादै छन् भन्ने गोप्य सुचनाका आधारमा खटिएका प्रहरी टोलीले निजलाई मंगलबार अपराह्न ४ बजे बा ९१ प ५८४४ नम्बरको १५० सिसिको पल्सर मोटरसाईकल सहित पक्राउ गरिएको उहाँले प्रष्ट पार्नुभयो ।
घट्नामा दुई जना संलग्न रहेपनि अर्को एकजना भने बा ८३ प २९१९ नम्बरको २२० सिसिको पल्सर मोटरसाईकल छोडेर भागेको छ । फरार अभियुक्तको मोटरसाईकल नियन्त्रणमा लिई खोजीकार्य भईरहेको र पक्राउ परेका खड्कालाई अनुसन्धान गरी कार्वाहीका लागि डिभिजन वन कार्यालय दोलखामा बुझाइने प्रहरीले जनाएको छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here