नेपाल आइडलमा दोलखाली पवनको धमकेदार प्रस्तुति (भिडियो सहित)

1123

चरिकोट । एपी वान टेलिभजनबाट प्रसारित भइरहेको नेपालकै चर्चीत रियालिटी शो नेपाल आइडलको टप आठमा पुग्न सफल दोलखाली पवन गिरीले धमकेदार प्रस्तुति दिएका छन्।
भीमेश्वर नगरपालिका वडा नम्बर – ५ निवासी गीरीले बिहिवारको प्रस्तुतिमा ‘ल‌ैजाउ झिल्केलाई’ बोलको गीत गाएर निर्णायक मण्डल मात्रै नभई कार्यक्रमका विशिष्ट पाहुना सन्दीप क्षत्रीलाई समेत खुशी बनाएका छन् ।
निर्णायकहरु न्यु बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोसीले आफ्नो कुर्सीबाट उठेर सम्मान मात्रै गरेनन्  मञ्चमै पुगेर अंकमाल समेत गरेका थिए।
नेपाल आइडलको स्टेजमा ‘काउ वोई’को हुलियामा प्रवेश गरेका लजालु स्वभावका गिरीको प्रस्तुति नै ‘पर्फर अफ द डे’ भएको छ। यो संगै पवन गिरीले दुई पटक ‘पर्फमर अफ द डे’ भइसकेको छ।
जस्तोसुकै गीतलाई पनि सहज र सरल ढङ्गले गाउन सक्ने गीरीको लागि गायन खासै समस्या नरहेपनि भोटको भने समस्या रहेको छ। एक पटक बटम ‘थ्री’ मा परिसकेका गरीले  अघिल्लो प्रस्तुति पछि भने सर्वाधिक बढि भोट समेत पाएका थिए।
५० प्रतिशत निर्णायक मण्डल र ५० प्रतिशत भोटिङको आधारमा मुल्यांकन हुने नेपाल आइडलको विजेता बन्न थुप्रै चुनौती रहेकोले भोटिङ कोड -०८ भएका गिरीलाई एनटिसी, एनसेल र स्मार्ट सिमबाट ०८ टाईप गरि ३१००९ मा सेन्ड गर्न सकिन्छ। भोट गर्ने समय भने बिहिवार राति ८:३० बजे देखि शुक्रबार मध्यान्ह ११:५९ सम्म रहेको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here