हितैषी सहकारीद्वारा महासंघको भवन निर्माणका लागि आर्थिक सहयोग

364

नाम्दु। वैत्यश्वर गाउँपालिकाको वडा नम्बर -६ र ७ लाई कार्यथलो बनाएर २०५९ सालबाट सञ्चालनमा आएको हितैषी बहुउद्देश्यीय सहकारी संस्थाले पत्रकार महासंघको भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ।
संस्थाको १६ अौँ वार्षिक साधारणसभाको अवसर पारी बुधबार महासंघ दोलखाका अध्यक्ष जीवन लामालाई १० हजार रुपैयाँको चेक प्रदान गरिएको हो।
मुलुकले प्राप्त गरेको ऐतिहासिक परिवर्तन तथा उपलब्धि संस्थागत गर्नुका साथै समृद्ध नेपाल र सुखी नेपालीको  मार्गचित्रलाई साकार बनाउने जिम्मेवारी राज्यको चौथो अङ्ग पत्रकार समेत रहेकाले, पत्रकारलाई हौसला प्रदान गर्न  सहयोग गरिएको संस्थाको अध्यक्ष यज्ञप्रसाद घिमिरेले बताउनुभयो । उहाँले देश पुर्ण रुपमा आर्थिक क्रान्तिमा होमिएकोले त्यस्का लागि मुलुकमा सहकारीको भूमिका, महत्त्व र लगानीको विषयमा केन्द्रित भई पत्रकारहरुले कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष छवि लामाले पानसमा दीप बालेर उद्घाटन गरिएको कार्यक्रममा सहकारीको सचिव अष्टकुमार लामाले प्रगति प्रतिवेदन तथा प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।
प्रस्तुत प्रगति प्रतिवेदन तथा प्रस्तावित नीति तथा कार्यक्रम अनुसार हितैषी सहकारीमा आर्थिक वर्ष २०७४/०७५ को अन्त्यसम्म कुल एक हजार ६ सय १० जना सदस्य पुगेको छ।त्यसैगरी सहकारीको शेयर पुँजी ३४ लाख ४० हजार  ६ सय पुगेको छ भने, आर्थिक वर्ष २०७४/०७५ मा ६ लाख ३६ हजार ४ सय एघार रुपैयाँ शुद्ध बचत (नाफा) गर्न सफल भएको छ।
संस्थामा शेयर सदस्यको वृद्धि गरि आर्थिक वर्ष २०७५/०७६ को अन्त्य सम्ममा १८ सय सदस्य पुर्‍याउने लक्ष्य सहकारीले राखेको छ भने, ४० लाख रुपैयाँ सम्म शेयर पुँजी पुर्‍याउने नीति तथा कार्यक्रम अघि सारेको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here