तामाकोसी नदीले बगाउँदा सेनाको जवान बेपत्ता

2598

चरिकोट । दोलखामा तामाकोसी नदीले बगाउँदा नेपाली सेनाको जवान वेपत्ता भएको छ।
जिल्लाको गौरीशंकर गाउँपालिका र वैत्यश्वर गाउँपालिकाको सिमाना पुक्ती खोला नजिकैको टारी खेत मुनिको तामाकोसी नदीमा पौडी खेल्ने क्रममा ३३ वर्षिय रत्न बहादुर श्रेष्ठलाई नदीले बगाएको हो।
विशेष सुरक्षा दल अन्तर्गत कार्यरत रही राष्ट्रपति भवन सुरक्षार्थ दरबन्दी पाएका श्रेष्ठ शनिबार साथीहरूसंग पौडी खेल्न गएको समयमा दिउसो १ बजे तिर नदीले बगाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
नदीले बगाएर हराइरहेका श्रेष्ठलाई खोज्न  प्रहरी र जिल्ला स्थित रणभिम गणका नेपाली सेनाहरु लागिपरेको भए तापनि हालसम्म भेट्न सकिरहेको छैन्।
शान्ति सेना जानको लागि काभ्रेको पाँचखालमा तालिम समेत   लिइरहेको श्रेष्ठ दशै मान्न वैत्यश्वर – ८ क्षेत्रपा छिपिगाउँ स्थित आफ्नो घरमा आएका थिए।
श्रेष्ठको श्रीमती, ८ वर्षीय छरी र ९ महिने छोरा  रहेको वडा नम्बर – ८ का वडाध्यक्ष रमेश अधिकारीले जानकारी दिनुभयो।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here