नेपाल आइडलका प्रतियोगी गिरीलाई आर्थिक सहयोग

2777

चरिकोट । एपी वान टेलिभजनबाट प्रसारित भइरहेको नेपालकै चर्चीत रियालिटी शो नेपाल आइडलका प्रतियोगी पवन गिरीलाई मिस दोलखाका टिमले बिहिवार एक कार्यक्रमका माझ आर्थिक सहयोग प्रदान गरेका छन्।
दोलखा जिल्लामै पहिलोपटक भएको मिस दोलखा प्रतियोगिताका विजेता सपना चौलागाईं, फस्ट रनर अप पविना थापा, सेकेन्ड रनर अप अनुषा रिजाल र दर्ड रनर अप प्रकृति श्रेष्ठले एक मुस्ट नगद १० हजार सहयोग प्रदान गरेका हुन्।
मिस दोलखा चौलागाईंले भीमेश्वर नगरपालिका वडा नम्बर – ५ निवासी गीरीको गायन क्षमता अति नै राम्रो भएको र भोटीङको आधारमा समेत गीरीलाई समस्या नपरोस् भन्ने उद्देश्यले सहयोग प्रदान गरेको भन्नुभयो। अबको उद्देश्य भनेक‌‌ै समाजसेवा भएको बताउदै चौलागाईंले दोलखाका पिछडिएका महिलाहरुको भूमिकालाई सशक्त बनाउने अभियानमा लाग्ने प्रतिबद्धता  जाहेर गर्नुभयो ।
त्यसैगरी ‘नेपाल आईडल सिजन-टु’ का प्रतियोगी पवन गिरीले  दोलखालीको सम्मानले अगाडि बढ्न थप उर्जा प्रदान गरेको भन्नुभयो। ५० प्रतिशत निर्णायक मण्डल र ५० प्रतिशत भोटिङको आधारमा मुल्यांकन हुने नेपाल आइडलको विजेता बन्न थुप्रै चुनौती रहेकोले उहाँले भोटिङ मार्फत सहयोग गर्न सबै दोलखालीलाई अनुरोध समेत गर्नुभयो ।
भोटिङ कोड -०८ भएका गिरीलाई एनटिसी, एनसेल र स्मार्ट सिमबाट ०८ टाईप गरि ३१००९ मा सेन्ड गर्न सकिन्छ।
भोट गर्ने समय भने बिहिवार राति ८:३० बजे देखि शुक्रबार मध्यान्ह ११:५९ सम्म रहेको गिरीले प्रष्ट पार्नुभयो।
एक सातादेखि दोलखामै रहेका गिरीले सदरमुकाम चरिकोट, तामाकोसी, नाम्दु, मैनापोखरी, जिरी, मागापौवा, विसुनटोल लगाएतका स्थानमा पुगी साथ सहयोग जुटाउने काम गरिरहेका छन् ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here